रणबहादुर खड्का
विद्यार्थीले प्राप्त गरेको अंक यदि चित्त नबुझेको खण्डमा पुर्नयोग अर्थात् पुन गणना गर्ने प्रकृयालाई रिटोटलिङ्ग भनिन्छ ।
त्रिभुवन बिश्वबिद्धालयमा रिटोटलिङ्गको लागि नतिजा सार्वजनिक भएको भोलि पल्टदेखि ३५ दिनभित्र निवेदन दिई सकेको वा सो अवधिभित्र निवेदन दिनुपर्ने हुन्छ। यो केबल बार्षिक प्रणाली वालाको हकमा लागु हुन्छ तर सेमेष्टर वालाको हकमा भने सम्बन्धित संकायको डीन कार्यालयमा जानुपर्ने हुन्छ । धेरै जसो सेमेस्टर वालाको हकमा नतिजा सार्बजनिक भएको भोलि पल्टदेखि १५ दिनभित्र निवेदन दिई सकेको वा सो अवधीभित्र निवेदन दिनुपर्ने हुन्छ ।
रिटोटलिङ्गको लागि परीक्षा नियन्त्रण कार्यालय बल्खु वा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुमा जानुपर्ने हुन्छ । रिटोटलिङ्गको लागि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा रहेको सोधपुछ कक्षमा गएर रिटोटलिङ्गको लागि फारम पाईन्छ सो भरी परिक्षा नियन्त्रण कार्यलयको हाताभित्र रहेको नेपाल बैंक वा ग्लोबल बैंकमा गएरप्रति विषय २०० का दरले बैंक भौचर काटेर भरेको रिटोटलिङ्गको फारम लिएर कोठा नं. २ मा गएर पुनः दर्ता गराई सो फारम बुझाउने हो।
९काठमाडौ उपत्यका बाहिरको हकमा चाहिँ क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरुमा गई सम्पर्क गर्न सकिन्छ । सेमेष्टर वालाको हकमा भने सम्बन्धित संकायको डीन कार्यालयको आफ्नै किसिमको नियम तथा प्रावधान हुने हुँदा सो सम्बन्धि तथा अन्य विभिन्न कुराको जानकारीको लागि सम्बन्धित संकायको डीन कार्यालयमा जानुपर्ने हुन्छ ।
त्यसैले कुनै किसिमको रिटोटलिङ्ग गर्नुपर्ने भएमा वेबसाईट स् धधध।तगभहबm।भमग।लउ मा गएर त्यहा फर्म डाउनलोड गरेर र प्रक्रिया बुझेर रिटोटलिङ्ग गर्दा राम्रो हुन्छ ।