देउखुरी १८ जेठ । प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि दुईदिने तालिमको उद्घाटन गरिएको छ ।
लिडरसीप एकेडेमी नेपाल (लान) ले दाङको लमहीमा आयोजना गरेको तालिममा लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने १८ संघ–संस्थाका २७ जनाको सहभागीता रहेको छ ।
लानका सहजकर्ता खडक रावलको सञ्चालनमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एवं शिक्षाविज्ञ उत्तमकुमार खनालले कार्यक्रमको उद्घाटन गरेका हुन् । त्यस अवसरमा लानका सिनियर प्रोग्राम म्यानेजर प्रभाकर प्रधानले दलित तथा आदिवासी जनजातिको पहिचान र अधिकारका क्षेत्रमा लुम्बिनी प्रदेशमा कार्यरत संघ–संस्थाहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका लानका सिनियर प्रोग्राम म्यानेजर प्रधानले दुइदिने तालिमका क्रममा सहभागीहरुमा प्रोजेक्ट प्लानिङ, इम्प्लीमेन्टेशन, फाइनेन्सियल मैनेजमेन्ट, नेतृत्व विकास र वकालत क्षमतामा वृद्धि हुने विश्वास ब्यक्त गरेका छन् ।
लानका सिनियर प्रोगाम म्यानेजर प्रभाकर प्रधानको अध्यक्षता उत्तमकुमार खनालको प्रमुख आतिथ्यता, सामाजिक अभियान्ता रामबहादुर मल्लको विशिष्ट आतिथ्यटामा उदघाटन गरिएको कार्यक्रमको सहजीकरण लानका अर्कनाइजर कोर्डिनेटर खडक रावतले गरेका हुन ।