अपाङ्गता समावेशी विकाससम्बन्धी छलफल

दंगीशरण, १५ जेठ । प्राक्टिकल एक्सनको आयोजना तथा युकेएडको आर्थिक सहयोगमा पालिका स्तरीय अपाङ्ता समावेशी विकाससम्बन्धी अन्तत्र्रिmया कार्यक्रम दंगीशरण गाउँपालिकामा समपन्न भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधान तथा अपाङ्ता समावेशीलगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा ७ बुँदे कार्ययोजना समेत निर्माण गरिएको थियो । अन्तत्र्रिmया कार्यक्रममा बोल्ने वक्ताले अपाङ्गता भएका व्यक्तिका लागि योजना बनाउँदा उनीहरूको व्यक्तिगत समस्या पहिचान गरी योजना निर्माण गर्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले गाउँ टोलमा हुने हरेक समूह गठनदेखि योजना निर्माण तथा योजना छनोटमा अपाङ्गता भएका व्यक्तिको अनिवार्य सहभागिता गराउनुपर्नेमा जोड दिए ।

अध्यक्ष गिरीले हालसम्मको प्रक्रियामा महिला, दलित तथा जनजातिको मात्रै सहभागिता खोज्ने परिपाटी रहेकाले अबदेखि हरेक ठाउँमा अपाङ्गता भएका व्यक्तिको अनिवार्य सहभागितालाई विशेष ध्यान दिन आग्रह गरे । कार्यक्रम गाउँपालिका अध्यक्ष गिरीको सभापतित्वमा भएको थियो । कार्यक्रममा राष्ट्रिय अपाङ्ग संघका केन्द्रीय अध्यक्ष देविदत्त आचार्यको सहभागिता थियो ।

कार्यक्रममा अपाङ्गतासम्बन्धी नीतिगत व्यवस्थाबारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले सहजीकरण गरेका थिए । अपाङ्गताको किसिम र वर्गीकरणबारे अधिकृत देविदत्त आचार्यले प्रकाश पारेका थिए ।