राष्ट्रिय निकुञ्जको जिम्मेवारी वातावरण संरक्षण

भुपेन्द्र सुवेदी
नेपालमा मात्र नभएर विश्वमा फैलिएको वातावरण प्रदुषणको आजको अबस्थाले जलवायु परिवर्तनको चपेटामा हामी नेपाली र हाम्रो नेपाल पनि अछुतो रहन सकेको छैन तर नेपालमा आजको सरकारको नेतृत्वको भागमण्डकै भूमरीमा रोमलिएको अबस्था छ तर नेपाल सरकारको व्यवहारले हामी नेपाली स्वच्छ वातावरण स्वच्छ, खानेपानी स्वच्छ, खाद्यय पदार्थ प्रयोगबाट आम नेपालीहरु धेरैभन्दा धेरै उच्च हिमाली क्षेत्र र उच्चमध्य पहाडी क्षेत्रका आमनागरिकहरु बन्चित छन् ।

नेपालको नेता र ठेकेदार मटाउने विकास योजनाको लागि छुट्टाउँदै आएको बजेट कमिसन, नाफा खोरीहरुको खल्ती भरिने जनताको विकासको काम भरी सधै रित्तिने निती कार्ययोजनाले प्राथमिकता पाएकै छ तर विकासको नाम अगाडी आए पनि खासै विकास हुन सकेको कुनै क्षेत्र सफलता प्राप्त छैन । भनिन्छ, नेता सरकार नै जिम्मेवारी छन् । नेता कार्यकर्ता नै जिम्मेवारी छन् ।

नेता विकासको जिम्मालिएको ठेकेदार कम्पनी नै जिम्मेवारी रहेको देिखन्छ तर यो राष्ट्रको गौरवको कार्यक्रम भनिन्छ तर कार्यक्रम अन्तै मोडिएको छ । कसले यसको मुल्याङ्कन गर्ला र ? तर उही उखान बिरालोलाई दुधको साछी र बादरलाई मकै बारीको हेरालु राखे सरह छ । नेपालमा हामी जान्ने भएदेखि आजसम्म कुनै मानवले इमानदारीको भूमिकामा रहेर आम आफ्नो कर्तव्य निर्वाह गरेको छैन खाली कर्तव्य निर्वाह गर्नैमा सबैभन्दा पहिलो श्रेणीमा पशु नै देखिन्छ । किनभने पशुले जस्तो आ–आफ्नो सिजन, समयको पालना आज मानिसले गरेको भए यो देशमा यस्तो मानव हत्याहिंसा, लुटपाट, बलात्कार, जस्ता जघन्य अपराधहरु हुने थिएनन् ।

अब अरुको पक्ष वन वातावरण, जैविक विविमता, वन्यजन्तु चराचुरुङ्गी, जडीबुटी, खानेपानीका मुहान संरक्षण समेतमा सहयोग पु¥याउने जिम्मेवारी पाएका नेपाल सरकारका विभिन्न सरकारी निकायहरुले आ–आफनो भूमिका निर्वाह गरेको छ वा छैन ।

त्यसैमा वनको संरक्षणको जिम्मा पाएको नेपाल सरकारको राष्ट्रिय निकुञ्जको नेपालगञ्जको शम्सेरगञ्ज राष्ट्रिय निकुन्जको पूर्व उत्तरतर्फको वनको क्षेत्रफलको धेरै भागको जङ्गलका नयाँ उत्पादित विरुवा पहिलो सालजातीको विरुवामा आगोले जलेर जो कोही पनि वातावरण प्रेमीको अहोला चित्त नदुखाउने तर सरकारको वन रक्षकको जिम्मा लिएको राष्ट्रिय निकुञ्जको आफ्नो आखाँ अगाडीको वनमा डढेलोले खाँदा किन मुगदर्सक रहेको होला ?

के यही होत आ–आफ्नो जिम्मेवारी बहन गरेको ? यस्तो नेपालको वन सम्पदाको डढेलोले नेपालको ७७ वटा जिल्लाहरुमा कही न कही यस्तै क्षती पु¥याएको छ तर वनमात्र नभएर वन क्षेत्र नजिक रहेको गाउँकै बस्तीमा बस्ने समाजहरुबाटै हुने गरेको तथ्याङ्कले बताएको छ तर यसको जिम्मा रहेको नेपाल सरकारको वन तथा वातावरण क्षेत्रहरुमा काम गर्ने संघ, संस्था, सरकारी निकायहरुको कुनै अहमभूमिका देखिँदैन ।

नागरिकहरुलाई सचेतनाको आवाज उठाउनेहरुले खाली दाता निकायले वन क्षेत्र, जैविक विविधताको संरक्षणको कार्यक्रमको जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गरेर सम्झौता गरेका हुन्छन् तर काम आ–आफनो पार्टीको कार्र्यकर्ता परिचालन गर्ने निती आ–आफै बनाएर काम कुरा एकतातर्फ कुम्लो बोकी चारनतर्फ लागेको अवस्था छ । नेपालमा आजभोली सबैका मुखमुखमा उठेका जिज्ञासा वातावरण जलवायु परिवर्तनको कारण हुने गरेको वेमौसमी हावा, पानी, हिम शृङ्खला जस्ता जैविक विविधमा नेपाल अग्रपङ्तिमा उभिएको अबस्था छ ।

यसको विज्ञहरुले दैनिक रुपमा मै उठान गर्दे आएको बढ्दो असामान्ता र जलवायु परिवर्तनको जोखिममा पहिलाभन्दा करीव दुई शताब्दी पहिलेको कयौ धन मुलुकहरु आजको अबस्थामा कुन अबस्थामा पुगेका छन् । हामीले आफ्नो देशको बारेमा यसका मुद्दाहरु केके समयमा कुन–कुन सरकारले सञ्चालन गरेको सहयोगि दाता निकायको भूमिकामा कति इमानदारीता रह्यो ? यसको बारेमा नेपाल सरकार बेखबर छ ।

अबको आउने बर्षाले आउन विपत्तिको सामनाको लागि वार्षिक रुपमा राज्यको आर्थिक भारमा निकै नोक्सानी व्यहोरनुको विकल्प छैन तर सरकार जहिले विपत पर्ला उसैदिन व्यवस्थापनको योजना बनाउन सुरु गर्दै आएको हुन्छ कसरी हुन्छ व्यवस्थापन जो विपत आइ लाग्ने क्षेत्रको अग्रमी डाटा संकलन र हुनसक्ने क्षेत्रको व्यवस्थापन पहिले नै योजना हुनुपर्र्ने हुन्छ तर त्यसो गरिँदैन खाली अब वर्ष सुरु भयो भने मात्र स्थानीय सरकारले जिम्मेवारी क्षेत्रहरुको उपस्थितीमा सबै पक्ष बैठक बोलाउने र आउने दिनको व्यवस्थापनको जानकारी गराउने काम बाहेक अरु नयाँ योजना कति देिखँदैनन् । यो कहिले र कसले हो व्यवस्थापनको चाजोपाजो मिलाउने पत्तै छैन ।