एकीकृत समाजवादी दाङले जेठभित्रै विस्तारित जिल्ला बैठक गर्ने

दाङ,१४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङले यहि जेठ महिनाभित्रै पार्टीको जिल्ला कमिर्टीको विस्तारित बैठक गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङको आइतवार घोराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यालय बैठकले जेठ महिनाभित्रै जिल्ला कमिटीको विस्तारित बैठक गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङका अध्यक्ष भुपबहादुर केसीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य तिलक केसीको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्ला पार्टी उपसचिव डिलबहादुर पुनलाई संगठन विभाग प्रमुख र आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष गणेश चौधरीलाई जिम्मेवारी दिएको उप–सचिव एवं प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले गोविन्द रोका, शिशिर पुन र खम्बु जैसीलाई कार्यालय सदस्यमा थप गरेको छ ।