Goraksha

National Daily

टोल बिकास संस्थाको व्याज रकमवाट विपन्न परिवारलाई खाद्यान्न

घोराही २ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्वर १८ दिपज्योती टोलले गाउका विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोनाको कहरका कारण गाउँमा छाक बसेका विपन्न परिवारलाई ३०० किलो चामल, दाल, नुन, तेल, हातधुने सावुन वितरण गरेको हो ।

टोल विकास सस्थाका अध्यक्ष रामवहादुर लामाले दिएको जानकारी अनुसार गाउका निम्न आर्थिक अवस्था भएका १७ परिवारका ५५ जनालाई प्रतिव्यक्ति ५ किलोको दरले परिवार सङ्ख्या अनुसार चामल दिइएको हो भने प्रतिपरिवार दाल, नुन, तेल, तेल एकरएक केजी र हात धुने सावुन वितरण गरेको सस्थाले जनाएको छ ।

टोल विकास सस्थाका सदस्यहरूले जम्मा गरेको रकमको व्याजबाट जम्मा भएको करिव २० हजार मूल्य वरावरको खाद्यन्न दिइएको सस्थाका सचिव राजु खनालले बताए ।