Goraksha

National Daily

देउखुरीमा आत्महत्या

शिवराज खनाल

लमही, चैत २ । लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा ५६ बर्षीय लिलाधर बस्नेत झुण्डिएर आत्महत्या गरेको अबस्थामा फेला परेका छन् । बस्नेत, उनका दाजु तथा साथीहरुले हिजो बेलुकासम्म संगै बसेर खाजा खाएका थिए ।
त्यसपछि राती घर जानेक्रममा उनले आत्महत्या गरेको हुनसक्ने ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तिमगरले जानकारी दिए ।

तल्लो अमिलिया निवासी बस्नेतले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको पारिवारिक श्रोतले जनाएको छ ।