Goraksha

National Daily

भारतमा थप १९ दिन लकडाउन

दाङ चैत २ । भारतमा थप १९ दिन लकडाउनको अबधी लम्ब्याइएको छ । भोलीसम्मका लागि घोषित लकडाउनलाई कोरोना बिरुद्धको लडाईंमा सफलता पाउने बिश्वासका साथ मे महिनाको ३ गतेसम्म अबधी लम्ब्याइएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै बताए । उनले भारतीय नागरिकले कष्ट सहेर कोरोनाको बिरुद्धको लडाइमा आफुलाई असुसाशित सेनाका रुपमा प्रस्तुत गरेका कारण अन्य देशको तुलनामा भारतलाई यो लडाई लड्न सजिलो भएको बताएका छन् । उनले नागरिकहरुसंग लकडाउनको पूर्ण पालना गर्न पनि अपिल गरेका छन् ।

प्रधानमन्त्री मोदीले अप्रिल २० तारिकदेखि आवत जावतका लागि केही खुकुलो गरिने पनि बताए । तर शर्त सहित आवत जावतको अनुमती दिइने उनको भनाई थियो । दैनिक रुपमा काम गरेर खाने गरिवहरुका लागि समस्या आउन नदिनका लागि आबश्यक व्यबस्था गर्न खुकुलो पार्ने योजना बनाइएको उनले बताए । ‘गरिव परिवार नै मेरो बृहत् परिवार हो’ उनले भने, ‘उनीहरुका लागि समस्या पर्न नदिन सरकार गंभिरता पुर्वक लाग्ने छ ।