राष्ट्रिय जनमोर्चा दाङको अध्यक्षमा पुनः आचार्य

दिनेश रैदास
दाङ, १३ जेठ । राष्ट्रिय जनमोर्चा दाङको पुन : अध्यक्षमा गणेश आचार्य चयन भएका छन् । राष्ट्रिय जनमोर्चाको घोराहीमा शुक्रवार र शनिवार दुई दिन चलेको पाँचौँ जिल्ला सम्मेलनले आचार्यको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ ।

सम्मेलनले ४ वैकल्पिक सदस्य र ७ सदस्यीय जिल्ला सल्लाहकार समिति चयन गरेको छ । पार्टीको जिल्ला उपाध्यक्षमा महेश रिजाल, सचिव वसनाज पौडेल शर्मा, सहसचिव कृष्णा राना र कोषध्यक्ष्यमा हरि खरेल चयन भएका छन् । सम्मेलनले २ सदस्यीय सचिवालयमा शुक्रराज भण्डारी र केशवराज खनाललाई चयन गरेको छ ।

सम्मेलनले जिल्ला सदस्यहरुमा हुमादेवी मास्के, ठाकुर आचार्य, दिनमणि आचार्य, चन्द्रवहादुर नेपाली, नवराज शर्मा, सुशील पोख्रेल, कपिलदेव खनाल, देववहादुर विक, टुकमान कवँर, ईश्वरी भण्डारी, दुर्गा भण्डारी, सिता पौडेल, वीरबहादुर चौधरी, हरी थापा, ठाकुर भण्डारी, कुलचन्द्र पोख्रेल, रामप्रसाद पोख्रेल र चन्द्रवहादुर रावत चयन भएका छन् ।

वैकल्पिक सदस्यहरुमा राम फकिरे रैदास, चम्फा भुषाल, विष्णा पौडेल र सर्मीला चौधरी रहेका छन् । सम्मेलनले नरवहादुर केसी, श्यामलाल पोख्रेल, खडानन्द खनाल, दोर्ण घर्ती, ङनुकान्त आचार्य, पदम गोराथोकी र दुर्गा खनाललाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले संगठनको सागठानिक प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गरेको छ । ‘गणतन्त्र, धर्मनिपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेज गरौ ! महङ्गी, भ्रष्टचार तथा सवै खाले बेथितिको विरुद्ध पाचौँ जिल्ला सम्मेलन सफल पारौ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको जिल्ला सम्मेलनको उद्घाटन राजमो महासचिव मनोज भट्टले गरेका थिए ।