दाङ,१३ जेठ । कोड फर चेन्ज दाङले अम्विकेश्वरी क्याम्पसमा एक दिने लिंकडेन प्रोफाइल बिल्ड अप कार्यक्रम गरेको छ ।
कोड फर चेन्जका प्रोजेक्ट लिड रणबहादुर खड्काको नेतृत्वमा गरिएको कार्यक्रममा करिव २५ जना बिद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा कोड फर चेन्जका सेक्रेटरी मिलन भण्डारीले प्रशिक्षण दिएका थिए । कार्यक्रमका लागि हल ल्यावको ब्यबस्थापन अम्बिकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालले गरेका थिए ।
कोड फर चेन्जका पोजेक्ट लिड रणबहादुर खड्काले आउँदो दिनमा थप कार्यक्रम गर्ने जानकारी गराएका थिए ।