कैलालीकी संक्रमितसंगै दाङ आएकी महिलासहित परिवारलाई पनि आइसोलेसनमा
दाङ,२ बैशाख । बिरगञ्जबाट कैलाली पुगेकी संक्रमित महिलासँगै आएकी दाङकी एक महिलासहित उनको परिवारका ५ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुसंगै अन्य ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छ्न् । ‘वीरगंजबाट आएकी एक महिला भएको थाहा पाएपछि सोमबार बेलुकी खोजी गरी उनी र उनको परिवारलाई आइसोलेनमा पठाइसकेका छौ’,’प्रमुख जिल्ला अधिकरी रिजालले भने,-‘अहिले उनीहरुलाई कोरोना विशेष अस्पतालमा राखिएको छ ।’
अहिले बेलझुण्डी बिशेष अस्पतालमा ९ जना आइसोलेसनमा रहेका छन् । आइसोलेसनमा घोराही उपमहानगर वडा नम्बर १४ का ६ जना, एक जना सिमेन्ट कारखानामा कार्यरत व्यक्ति र अरू २ जना राजपुर गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिएका छ्न् । उनीहरुको स्वाब संकलन गरी कोरोना संक्रमण भए नभएको जाँचका गर्ने काम भैरहेको फोकल पर्सन चन्दले बताए ।
दाङमा ३ सय ४२ वटा क्वारेन्टाइन बेड रहे पनि बाहिरवाट आएकाहरुको संख्याके तुलनामा त्यहाँ बस्नेको संख्या भने अत्यन्तै न्यून रहेको छ । जिल्लाका विभिन्न पालिकाहरूमा अहिले ३९ जना मात्रै क्वारेन्टाइनमा बसिरहेका छन् ।
