गजल : लकडाउनमा
विपुल पोख्रेल
फोन गर्न त मिल्थ्यो लकडाउनमा
मन खोल्न त मिल्थ्यो लकडाउनमा
भेट्न, छुन हुन्न, कोरोनाको कहर छ
बोलिदिए मीठो सुन्न मिल्थ्यो लकडाउनमा
ढोका, झ्याल थुन, जोगिनु छ अहिले
उघार्न त भित्री ढोका मिल्थ्यो लकडाउनमा
बहाना कहाँ हो र ? सन्सारनै बन्द छ
मन खोल्दे हेर्न त मिल्थ्यो लकडाउनमा
चोखो माया, ढुकढुकीले जोडिएको सम्बन्ध यो
‘बाँचि रहेस्’ यत्ति भन्न मिल्थ्यो लकडाउनमा
