calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

दंगीशरणमा बजार प्रणालीमा छलफल

गोरक्ष समाचारदाता
दंगीशरण, ११जेठ । दंगीशरण गाउँपालिकामा युके एडको आर्थिक सहयोग प्रेक्टिकल एक्सन नेपाल र विकास सरोकार समाज डिकोसको साझेदारीमा सञ्चालित समुन्नति परियोजनाअन्तर्गत् बजार प्रणालीको सहजीकरण बैठक बुधवार भएको छ । किसानहरूले उत्पादन गरेको वस्तुको विक्री वितरणलाई सहज बनाउन र उत्पादन गरेका किसानले वस्तुको उचित मूल्य पाउन के गर्न सकिन्छ भन्ने उद्देश्यका साथ सरोकारवालाबीच बैठक भएको हो ।

बैठकले दंगीशरण गाउँपालिकाको समन्वय, गुरुबाबा सहकारी संस्था र त्रिशक्ति सहकारी संस्थाको सहकार्यमा दंगीशरण गाउँपालिकामा कृषि उपज संकलन तथा व्यवस्थापन गर्न गुरुबाबा सहकारी संस्थाका अध्यक्ष सुकदेव चौधरीको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । उपाध्यक्षमा टोपा वली, सचिवमा रविन्द्र चौधरी, कोषाध्यक्षमा प्रदेसी चौधरी, सदस्यहरूमा झरना चौधरी, रविता चौधरी, भरथरे चौधरी छन् ।

बैठकले गाउँपालिका अध्यक्ष शम्भु गिरीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सदस्यमा तुलसीपुर फलफूल तथा तरकारी व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरे, दंगीशरण कृषि शाखा प्रमुख सरु भुसाल छन् । बैठक पालिका अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो । बजार प्रणालीको सहजीकरण प्रेक्टिकल एक्सनका दीपेन्द्र भुजेल र डिकोसका वीरजङ्ग पुनले गरेका थिए । बैठकमा कृषि क्षेत्रका सरोकारवाला, किसान, सहकारी संस्थाका सञ्चालकलगायतको सहभागिता थियो । बैठकको सहजीकरण प्रेक्टिकल एक्सनका प्रेम वलीले गरेका थिए ।