Goraksha

National Daily

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

भालुवाङ, ११ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रवारदेखि हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्वासेले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन बैशाख २९ मा अन्त्य भएको थियो ।