Goraksha

National Daily

निरन्तर आक्रमण गर्दै कोरोना, ८० पार बढी असुरक्षीत

विपिन बुढाथोकी

दाङ,२ बैशाख । कोरोना भाईरसको महामारीले गर्दा संसारभर अहिलेसम्म १,१४,२५७ जनाको मृत्यु भैसकेको छ । यो संख्या अनपेक्षित रुपमा बढ्दै पनि गएको छ । बिश्व स्वास्थ्य संगठनले १८,५३,५०५जना संक्रमित भएको पुष्टि पनि गरेको छ । सो दर तिब्रताका साथ बढीरहेको पाँउन सकिन्छ । उता ४,२३,७२८ संक्रमित बिरामीपछि ठिक भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना भाइरसका कारण हुने मृत्यु दर जेष्ठ नागरिक तथा अन्य दीर्घ रोगका लागेका बिरामीहरुमा बढी रहेको पाएको छ । चिनी रोग, उच्च रक्तचाप, मुटु रोगी तथा श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीमा कोरोना भाइरसको बढी जोखिम देखिएको छ । तर, कुनै पनि उमेर समूह उक्त रोगबाट पूर्णरूपमा सुरक्षित भने छैन।

कोभिड -१९ को मृत्यु दरलाई विभिन्न उमेर समूहका आधारमा हेर्दा सबैभन्दा धेरै मृत्यु बृद्धावस्था रहेका मानिसको पाँउन सकिन्छ । ८० वर्ष पार गरेका मानिसको मृत्यु दर उच्च रहेको छ भने, ९ वर्ष भन्दा कम उमेरको बालबालिकामा यसको जोखिम सबैभन्दा कम पाउन सकिन्छ ।१०-१९ वर्षको उमेर समूहमा खतरा न्यून नै रहेको पाइएको छ । ६०-७९ वर्षको उमेर समूहका मानिसहरुको मृत्यु दर दोस्रो स्थानमा रहेको छ । ४०-५९ वर्ष उमेर समुह र २०-३९ वर्ष उमेर समूहमा मृत्यु तथा संक्रमण दर तेस्रो तथा चौथो स्थानमा रहेको विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।