calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ९ जेठ । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन ।

यसैगरी अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन ।

परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको बताइन । सञ्चारमन्त्री शर्माले भनिन्,‘तेस्रो संशोधन आदेशलाई स्वीकृत गर्ने प्रक्रियामा केही जटिलता रहेछन् ।

संशोधन गर्ने कुरालाई स्वीकृत गरिएको छ । खासगरी ६० वर्षभित्रका व्यक्तिलाई प्रक्रियामा समावेश गर्ने भनिएकोमा दुई, तीन पटकसम्म निवेदन नआएकाले बढाएर यो ६५ वर्ष बनाएका छौं ।’