Goraksha

National Daily

घोराहीमा लागुऔषध नियन्त्रण सम्बन्धि योजना तर्जुमा गोष्ठी

घोराही, ९ जेठ । घोराही उपमहानगरपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि लागुऔषध नियन्त्रण कार्यक्रम सम्बन्धि एक दिने अभिमुखकिरण तथा योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा लागुऔषध नियन्त्रणका बिषयमा सरोकारवालाहरुसँग छलफल र समिति गठन गरिएको छ । घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाको आयोजना तथा निणर्य पुर्नस्थापना केन्द्र घोराही १७ को सहकार्यमा कार्यक्रम गरिएको थियो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा नगरस्तरीय र वडामा वडा अध्यक्षको अध्यक्षतामा लागु औषध नियन्त्रण समिति गठन गरिएको छ । लागुऔषध दुव्र्यशन चुनौतीपूर्ण बन्दै गएकाले यसको नियन्त्रणका लागि स्थानयि सरकार योजना बनाएरै लाग्न आवश्यक रहेको नगरप्रमुख चौधरीले बर्ताए ।

विद्यालय शिक्षा र टोल विकास संस्थाहरु मार्फत सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिने गरि कार्य योजना बनाएर अघि बढ्ने निणर्य भएको छ । नगर प्रमुख चौधरीको अध्यक्षता तथा जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख नारायणप्रसाद घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लागु औधष दुव्र्यशन नियन्त्रणका बारेमा निणर्य पुर्नस्थापना केन्द्रका परामर्शदाता विष्णु वलीले अभिमुखीकरण गरेका थिए ।

उपमहानगरका उपप्रमुख हुमा डिसी, प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे, वडा प्रहरी कार्यालय घोराहीका प्रहरी नायव निरिक्षक तुलबहादुर विकले स्थानिय सरकारले लागुऔषध नियन्त्रणलाई निति तथा कार्यक्रममा समावेश गरी बजेट व्यवस्थापन गरे रै लाग्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गरेका थिए ।