दाङ,९ जेठ । घोराही उपमहानगरपालिका– ७ सौडियारस्थित मावि सौडियारमा बाल बिकास केन्द्रमा पढाउने एक जना सहयोगी कार्यकर्ताले जेठ महिनामा उपस्थिती हुँदै नभएको ३ दिन हाजिर गरेको फेला परेको छ ।
बिद्यालय ब्यबस्थापन समितिको नियमित अनुगमनका क्रममा विद्यालयमा उपस्थिती नै नभएको दिनमा सहयोगी कार्यकर्ताले हाजिरी गरेको भेटिएको हो । बिद्यालय ब्यबस्थापन समिति सदस्य जिउधन चौधरीले बाल बिकास केन्द्रमा पढाउदै आएकी शिक्षिका पार्वती कवँरले जेठ १०, ११ र १२ गतेको हाजिरी गरेको भेटिएको बताए ।
बिद्यालयमा पढाउने शिक्षकले आफै नै लापरबाही तरिकाले उपस्थिती नै नभएको दिनमा हाजिरी गरेर लज्जास्पद कार्य गरेको बताए । विद्यालय व्यवस्थापन सदस्य चौधरीले शिक्षक कवँँरलाई पहिलो पटक बिब्यसकोतर्फबाट सचेत गराइने र आगामी दिनमा यस्ता गल्ती दोहोर्याए स्पष्टिकरण सोधेर कारबाही गरिने बताका छन् ।
उनले सामुदायिक बिद्यालयमा बेथितीहरु थुप्रै रहेको भन्दै समुदायले हस्तक्षेप गरेर सचेत गराउनुपर्ने बताए । हाजिरी बारे के कस्तो हो भन्ने कुरा बुझ्न बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिइएको र आगामी बिब्यस बैठकमा स्वयम शिक्षकलाई उपस्थित गराएर मौखिक स्पष्टिकरण सोधिने सदस्य चौधरीले बताए ।