जनचाहना अनुसार विकास निर्माणका काम : अध्यक्ष केसी [अन्तर्वार्ता]
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको लमही नगरपालिकामा १ देखि ९ नम्वरसम्म वडाहरु छन् । ती वडाहरु मध्य भौगोलिक रुपमा विकट र टाढाको वडा भनेको वडा नं. ९ हो । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको वडा भएपनि सडक, खानेपानी, विद्युतलगायतका धेरै समस्या छन् । ती समस्याहरुलाई वडाले क्रमश पुरा गर्ने तयारीमा रहेको वडा अध्यक्ष भेषबहादुर केसी (रमेश)ले बताए । केसीको यो दोस्रो कार्यकाल हो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि वडाको समग्र विकाससँगै जनतालाई विकासको अनुभुति हुने गरि के काम गर्ने प्रयास भएका छन् । यसैसन्दर्भमा वडा अध्यक्ष केसीसँग गोरक्षकर्मी शिवराज खनालले गरेको कुराकानीको सार संक्षेप ।
दोश्रो कार्यकालको पहिलो बर्ष कस्तो रह्यो ?
समग्रमा दोश्रो कार्यकालको पहिलो बर्ष राम्रै भयो भन्नुपर्छ । पहिलो कार्यकाल पनि आफुले काम गरेको अनुभव भएकाले दोश्रो कार्यकालको पहिलो बर्षमा काम गर्दा कुनै समस्या भएन । बरु विगतमा आफुले वडाको समृद्धिका लागि अघि बढाएका योजनाहरु पुरा गर्नका लागि सजिलो भएको छ । यो बर्षपनि भौतिक पूर्वाधारसँगै क्षमता विकासतर्फ राम्रै कामहरु गर्न सफल भएका छौ ।
वडाको समृद्धिका लागि के के कामहरु गर्नुभयो ?
यस बर्ष वडाको भौतिक पूर्वाधार विकाससँगै नागरिकहरुको जीवनस्तरमा सुधारका लागि धेरै कामहरु गरेका छौ । वडाको समग्र विकासका लागि ४७ र नगरस्तरीय ५ वटालगायतका योजनाहरु रहेकाथिए । ती योजनाहरु लगभव सम्झौता गरेर काम पुरा हुने अवस्थामा रहेका छन् ।
जसअन्तर्गत वडाको महत्वपूर्ण उपलव्धी भनेको रिहारदेखि च्याउँखोलासम्मको रिङरोडको विस्तारसँगै नाला निर्माण र कालोपत्रेको काम भैरहेको छ । त्यसैगरी भद्रकुढीदेखि लौरी रिहारसम्मको सडकमा पनि पक्की नालासहित सडक विस्तार गरेर कालोपत्रे गर्नका लागि काम भैरहेको छ ।
यसैगरी वडाका अन्य वस्तीहरुमा पनि सडक विस्तार, नाला तथ ा कल्प र्ट राख्नेदेखि सडक ग्राभेललगायतका कामहरु भैरहेका छन् । त्यसैगरी वडा नं. ९ मा खानपोनीका धेरै समस्या भएका बस्तीहरु घोयली र धवारी हुन । यही ठाउँमा खानेपानीसँगै विद्युतको पनि छ । धवारीमा खानेपानीको ट्याङकी निर्माण भैसकेको छ भने पाइप विस्तारको क्रममा रहेको छ । घोयलीमा पनि खानेपानीका लागि पाइप विस्तारको काम हुने क्रममा छ ।
यसैबर्ष यी दुई बस्तीसँगै वडाका सम्पूर्ण बस्तीहरुमा खानेपानीसँगै विद्युतको सुविधा पु¥याउने तयारीमा छौ । विद्युत हुन नसकेको ठाउँमा सोलारको व्यवस्था गरेर नागरिकलाई उज्यालोको व्यवस्था गछौ । स्वास्थ्यतर्फ पूर्वतर्फका रिहार तथा लमही जाने गर्नुभएको छ । पश्चिम क्षेत्रका जनताको सुविधाका लागि अमेलियामा बर्थिङ सेन्टरसहित स्वास्थ्यचौकी सञ्चालन गरेका छौ ।
जसले गर्दा विगतमा लमही तथा तुलसीपुरसम्म जानुपर्ने बाध्यतालार्इ अन्त्य भएको छ । वडामा कुनै पनि नागरिकले शिक्षाका लागि पैसा तिर्न नपरोस भनेर सवै विद्यालयमा निशुल्क शिक्षाको व्यवस्था गरेका छौ । पढाईलाई प्रभावकारी बनाउन शिक्षाको व्यवस्था पनि गरेका छौ ।
जनप्रतिनिधिका रुपमा काम गरिरहदा वडावासीका आवश्यकताहरु के कस्ता रहेको पाउनुभयो ?
लमहीको वडा नं. ९ भनेको पूर्वमा भद्रकुण्ढीदेखि पश्चिममा शिवखोलासम्मको हो । करिव २२ वटा टोलहरु रहेका वडामा नागरिकका फरक फरक आवश्यकताहरु रहेका छन । त्यही अनुसार माग पनि हुने गरेका छन् । तर समगम्रा भन्नुपर्दा अधिकासं नागरिकको चाहना सडक, विजुली बत्ति, खानेपानी, शिक्षा, स्वास्थलगायतका आवश्यकताहरु हुन् ।
कृषि तथा पशुपालनका क्षेत्रमा संलग्न नागरिकको तालिमको पनि माग रहेको छ । वडाले कुन बस्ती वा टोलमा के आवश्यकता छ । त्यो बुझेर विकास निर्माणका कार्यहरु गर्दै आएको छ । पहिलो कार्यकालमा जनताको चाहनाभन्दा पनि आवश्यकतालाई प्राथमिकता दिएर विकास निर्माणका कार्यहरुलाई अघि बढाएका थियौ । अहिले पनि जनताको आवश्यकताका आधारमा विकास निर्माणका कार्यलाई अघि बढाउँदै छौ ।
वडाको विकास र जनताको समृद्धिका लागि के काम गर्न आवश्यक देख्नुहुन्छ ?
वडा न. ९को विकासका लागि गर्नुपर्ने महत्वपूर्ण कार्य भनेको जनताको जीवनस्तरमा सुधार नै हो । हाम्रो वडा कृषि तथा पशुपालनका लागि राम्रो क्षेत्र हो । बाख्रापालन, दुधका लागि गाईभैसीपालनदेखि बेमौषी तरकारी खेती पनि हुने गरेको छ । यी क्षेत्रमा लाग्ने किसानहरुको क्षमता विकास, उन्नत जातको विउबिजनदेखि उत्पादन गरिएको तरकारीको बजारीकरणलाई ध्यान दिएका छौ ।
जस्ले गर्दा नयाँ पुस्ता कृषितर्फ आकर्षित हुन सकोस भन्ने पनि हो । त्यसका लागि सिचाईको व्यवस्था, सडक निर्माणसँगै किसानलाई प्रोत्साहन समेतका कार्यक्रमहरु रहेका छन । वडाको समृद्धिक लागि अर्काे महत्वपूर्ण क्षेत्र भनेको पर्यटन हो । वडा नं. ९ को मात्र नभएर दाङ जिल्लाकै महत्वपूर्ण बगारबाबा धार्मिक क्षेत्र रिहार हामै्र वडामा पर्ने गरेको छ ।
यस क्षेत्रलाई व्यवस्थीत गर्न सके वडाको विकास लागि धेरै महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । तर सोचे अनुसार विकास हुन सकेको छैन । माघे संक्रान्तिमा दाङसँगै बाँकैलगायतका छिमेकी जिल्ला तथा भारतबाट समेत उल्लेख्य पर्यटक आउने गर्दछन् । तर अन्य समयमा सुनसान जस्तै हुने गरेको छ । यसलाई १२ महिना मानिसहरु आउने पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि रिहारमा पूर्वाधार विकासँगै भएका व्यवस्थीत गर्न पहल गर्दैछौ ।
वडाको विकासमा काम गरिरहदा चुनौती आउँछन होला नि ?
जुनसुकै क्षेत्रमा पनि काम गर्दा चुनौतीहरु आउने गर्दछन् । नेतृत्वले ती चुनौतीहरुलाई हटाएर काम गर्न सक्नुपर्छ । हो, वडामा विकास निर्माणका लागि कामहरु गर्दा धेरै चुनौतीहरु आउने गरेका छन् । समस्या आउँदा समस्या खडा गर्नेसँग छलफल गरेर गाउँ र वडाको विकासका लागि सवैको सहयोग आवश्यकता छ भन्ने बुझाउने गरेका छौ ।
वडाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विकास निर्माण योजनाहरु अघि बढाउनुभएको छ ? पक्कैपनि रिहारदेखि च्याउँखोला जोड्ने सडक र भद्रकुण्ढीदेखि लौरीरिहान जोड्ने सडक महत्वपूर्ण सडक हुन । त्यसैगरी धार्मिक क्षेत्र रिहारको विकास । वडालाई कृषि तथा पशुपालनका क्षेत्रमा अघि बढाउने सिचाई, किसानलाई तालिमको व्यवस्था गर्ने सोचमा छौ । वडा नं. ९ का सवैभन्दा विकट बस्तीका रुपमा रहेका धवारी र घोयलीमा विकासका पूर्वाधारहरु जस्तै स्तरीय सडक, विद्युत, खानेपानीलगायतका पूर्वाधार पु¥याउने हाम्रा महत्वपूर्ण योजनाहरु हुन । जसले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सक्छन् ।
कृषिको विकास र किसानलाई सहयोग पुग्ने के कस्ता योजनाहरु ल्याउनुभएको छ ?
मैले अघिपनि भनेको छु । वडा नं. ९ कृषि तथा पशुपालनका क्षेत्रमा सम्भावना भएको क्षेत्र हो । यहाँका धेरै किसानहरु बाख्रापालन,भैसीपालनसँगै बेमौषमी तरकारी उत्पादनमा जोडिएका छन् ।
किसानले उत्पादन गरेका दुध,तरकारीलगायतका उत्पादन रिहार, अमेलियालगायतका क्षेत्रसँगै लमहीसम्म जाने गरेको छ । अहिले कतिपय किसानहरुले परम्परागत रुपमा कृषि व्यवसाय गरिरहेका छन् ।
त्यसरी लागेका किसानहरुलाई तालिमको व्यवस्था गर्नेदेखि उत्पादन भएको तरकारी तथा दुधलाई बजारीकरणमा सहयोग पु¥याउने गरी सोच बनाएका छौ ।
अन्त्यमा के भन्न चाहान्छु ?
वडामा भएका विकास निर्माणका कामहरुसँगै आगामी दिनहरुमा गर्ने योजनाहरुका बारेमा मैलेमाथि नै धेरै भनिसकेको छु । पहिला े कायर्कालमा धेरै कामहरु पनि गरोका थियौ । त्यही कामका कारण नै मलाई जनताले दोश्रो कार्यकालका लागि पठाएका हुन । त्यसैले जनताले मप्रति गरेको विश्वासलाई नुट्ने गरी वडाको विकासमा लाग्ने छु भन्ने फेरीपनि प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।