सधै जनताको सेवामा तलिन छन् उनी। हसिलो मुहार अनि कर्ममा विश्वास गर्ने प्रहरी नायब निरिक्षक तुलसीपुर (४ वनहरी निवासी तिर्थ भुसालले करीब एक दशक यता नेपाल प्रहरीमा आवद्ध भई समाजमा हुने अन्याय र अन्धविश्वासको विपक्षीमा उपस्थित भएको बताउछन् । अभावका विशाल चुचुराहरुलाई सघर्षका औजारहरुले सम्माउँदै रहरका पालुवाहरु प्राप्त गर्नका निमित्त अभावका समयहरु सँगसँगै अगाडी बढ्ने शिलशीलामा उनले आफ्नो जीवनमा धेरै गुमाउँदै थोरै खुसी पाएको बताउछन् ।
उनका जीवनमा खुसी र दुःखका पलहरु धेरै छन् । दुःखपछि सुख आउछ भने जस्तो उनले दुःखलाई खुसीमा बदल्दै आज यहाँसम्म आएको बताउछन् । परिवारको जेठो छोरा उनीमाथि परिवारको ठुलो जिम्मेवारी थियो । सन्तानको पालनपोषणका लागि प्रदेशिएका उनका पिताको सपना, परिमोमा दिएको नासपातिको दाना र चकलेटको टुक्रा पटुकिमा च्यापेर सन्तानलाई सम्झिदै ल्याइदिने आमाको इच्छा पूरा गर्न समेत निकै अप्ठ्यारो परेको उनी सम्झन्छन् । उनले त्यो कारण पनि गरिबी भएको बताउछन् । जनतन अर्काको मेलापर्व गर्दै हामी सन्तानलाई सरकारी स्कुलमा पढाउँदै हामी सन्तानको भविष्य देख्ने माता र पिताको खुसी कम्ती थिएन ।
बिहान बेलुका घरको काम सकेर विद्यालयको शिक्षा पूरा गरे । परिवारमा अबमाथिको शिक्षा कसरी दिने होला भन्ने ठुलो चिन्ता रहेछ । जब श्री गुरुजजुर उच्च माध्यामिक विद्यालयबाट कक्षा ११ र १२ त उत्तिर्ण गरियो तर निकै संघर्ष र ठूलै मेहनतले करीब १ घण्टा ३० मिटेर हिडेर विद्यालय आउनु पर्ने हुन्थ्यो । समय बिस्तारै बित्दै गएको थियो, परदेशिएका बुवा घरमा आउनुभएको थियो । मलाई पढेर देशमा केही गर्ने ठुलो इच्छा थियो तर परिवारमा मलाई प्रदेश पठाउने निकै ठूलो वहस चलेको थियो, मलाई विश्वास थिएन म प्रदेश जान्छु भनेर । परिवारको निर्णय र मेरा भाई बहिनीको भविष्यका लागि एक मनले भन्थ्यो प्रदेश जानुपर्छ तर मनले सधैभरी हुँदैन भन्थ्यो ।
परिणाम स्वरूप जब प्लसटु को अध्ययन पूरा गरेरे तुलसीपुर बबई क्याम्पसमा विएड अध्ययन गर्ने निधो गरेको उनले सुनाए । घरको परिवारको कुनै सहमति नभएको र सानो कोठा भाडा लिए, खाना पकाउन ग्यास थिएन बाहिर साझँमा खाना पकाउने गरेको उनी बताउछन् । ‘मनभरी कुराहरु खेल्ने गर्थो मलाई सधैभरी चिन्ता थियो कसरी पढ्ने भन्ने भन्ने उनले भने ।’ भुसालले त्यही शिलशीलामा तुलसीपुरको कुनै नीजि बोडिङ स्कुलमा महिनाको ३००० तलब पाउने सर्तमा पढाउन सुरु गरेको बताउछन् ।
‘जब म पढाउथे तब मनभरी अनेकौ कुराहरु खेल्ने गर्थे ं मलाई कसरी हुन्छ सरकारी जागिर खानुपर्छ भन्ने मात्रै हृदयदेखि थियो– भुुसालले भने ।’ त्यहि सपना पाउनलाई धेरै रहर, खुसी र इच्छालाई दबाएको उनी बताउछन् । त्यतिकैमा राप्ती बबई क्याम्पसमा अग्रेजी मुल बिषय लिएर स्नातक तहको अध्ययन उत्तिर्ण गरे गर्दा अर्को खुसी मिलेको उनी बताउछन् । ‘मलाई याद २०७१ सालमा मैले लोकसेवाको आवेदन फाराम भर्नका निमित्त बहिनीलाई दक्षिणा दिएको पैसा मागेर नेपालगंजतर्फ लागेको थिए (सई भुसालले भने ।’
मनभरी डर हुन्थ्यो कतै प्रदेशी जीवन बितााउन पो लेखेको पो छ कि भनेर उनी भन्छन् मलाइ थाहा थिएन नेपाल प्रहरीमा प्रहरी सहायक निरिक्षको आवेदन खुलेको थियो भनेर पनि प्रहरीको आवेदन फाराम भरियो, सम्पूर्ण चरणका परिक्षा उर्तिण पनि गरियो प्रहरीको आधारभूत तालिम पनि पूरा गरियो । उनको अर्को खुसी पनि यहि हो नेपालमा राष्ट्रसेवक हुन पाउँदा । ‘मलाई निकै खुशि लाग्छ नेपाल प्रहरीको राष्ट्रसेवक प्रहरी कर्मचारी भएर समाजमा समाजसेवा गर्न पाउँदा “सत्य, सेवा सुरक्षनम” मा आधारित सेवा प्रवाह, गर्न पाउँदा उनले भने ।’ प्रदेशतिर बेचिन लागेका आफ्ना सपनाहरु, मेरा, इच्छाहरु समाल्दै प्रहरी कर्मचारीको स्वरूपमा न्याय सम्पादन गर्न पाउँदा उनी सम्झदै भन्छन् ।
लागु औषधको दलदलमा फसेका नागरिकको सुन्दर जीवन निर्माणमा सहयोगी बन्न पाउँदा, कोठीमा बेचिन लागेकी नारीले जीवन रक्षा गर्न पाउँदा अर्को खुसी लाग्ने गरेका उनी बताउछन् । समाजमा हुने सामाजिक अपराधको नियन्त्रण गर्दै मानव अधिकारको विषयमा संरक्षण गर्न पाउँदा अर्को खुसी प्राप्त भएको उनी बताउछन् ।
हाल ट्राफिक प्रहरी प्रमुखको रुपमा तुलसीपुरमा काम गर्न पाउँदा मन आनन्दित हुने उनी बताउछन् । ‘मन एक ट्राफिक प्रहरीको रुपमा आफ्नो पहिचान बनाउन पाउँदा । सडक सवारी दुर्घटना न्यूनीकरण गर्नुपर्छ भन्दै प्राय, विद्यालय र कलेजमा प्रशिक्षण गर्नु, सडकमा चालक र पैतल यात्रुलाई सुरक्षित यात्राका बारेमा बताउँदा, चालक र सहचालकलाई जनचेतनामुलक कार्यक्रमको माध्यमवाट शिक्षित बनाउनु सडकमा जनचेतनामुलक बोडहरु राख्नु मेरो दिनचर्या जस्तै भएको छ यहिनै मेरो खुसी हो लेखदिनु उनले भने ।
उनले आफुलाइृ उच्च सम्मानीत प्रहरी संगठन र प्रहरी सेवा प्रवाह गर्न पाउँदा लाग्ने बताउछन् । हेलमेट नलगाई सवारी चलाउनेलाई हेलमेट लगाएर मात्र चलाउनुस् भन्दै आग्रह गर्दा, मादकपदार्थ सेवन गरेर सवारी चलाउनेलाई नियन्त्रणमा लिन पाउँदा अनि ति सडकलाई बासिस्थान बनाएर अभिभावकलाई उद्धार गर्न पाउँदा धेरै खुसी लाग्छ सडकमा सवारी नियम पालना गराउन पाउँदा उनले भने ।
भुसालले भन्छन्‘ परिवारको सपना पूरा गर्न विदेशीन लागेको म निकै ठूलो मेहनत र संघर्षले यो स्थानमा उभिएको छु ।
प्रहरी भएर आफ्ना परिवारका केही आवश्यकताहरू पूरा गर्दै देशको सेवा गर्दै छु यो भन्दा अर्को खुुसी मेरो लागि के हुन्छ र उनी भन्छन् ।’ ‘राष्ट्र प्रेम के हो भन्ने कुरा म प्रहरी भएर सेवा गर्न पाउँदा अनुभूती गर्न पाएको छु ।’ उनले गर्भ लाग्छ यही प्रहरी सेवामा आवद्द भएर असल समाज सेवा गर्न पाउँदा, मलाई खुसी लाग्छ पहिले पढाइ गर्न नसकुला भन्ने डर हुँदाहँुदै अहिले दुइवटा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्दै कानुनमा स्नातक तह उत्तिर्ण गर्न पाउँदा । परिवारमा भएको वैदेशिक रोजगारको भ्रमलाई संघर्षले छिचोल्दै जन्मभूमि मा राष्ट्र सेवा गर्न पाउँदा अर्को खुसी मिलेको उनी बताउछन् ।
प्रस्तुती : बालाराम खड्का