Goraksha

National Daily

१५ सय सवारीसाधन प्रहरी नियन्त्रणमा, लकडाउन खुलेपछिमात्र फिर्ता गरिने

लिलाधर वली

दाङ,१ बैशाख । दाङमा प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १५ सय सवारीसाधन नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले जोखिमलाई कम गर्ने उद्देश्यले गरेको लकडाउनको अवज्ञा गरी चलाइएका १५ सय सवारीसाधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबारसम्म जिल्लामा प्रहरीको नियन्त्रणमा १ हजार ५ सय ७७ वटा सवारी साधन रहेका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल रहेको छन । प्रहरीले दिएको तथ्यांक अनुसार मोटर साइकल १ हजार २ सय ७६, स्कुटर १०२, ट्रक ६४ वटा, जीपकार ४५ तथा अटोरिक्सा ३९ वटा रहेका छन् । नियन्त्रणमा लिइएको सबै सवारी साधन लकडाउन खुलेपछि मात्रै जरिवाना असुल गरेर सवारी धनीलाई दिइने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रेमप्रसाद रेग्मीले जानकारी दिएका छ्न् ।