Goraksha

National Daily

मावि सौडियारमा अग्रेजी मिडियम प्रोजेक्टरबाट पढाई हुने

दाङ,२४ बैशाख । घोराही उपमहानगरपालिका–७ सौडियारमा रहेको माध्यामिक विद्यालय सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म अग्रेजी मिडियममा नयाँ प्रबिधीलाई आत्मसात गरेर पढाई गरिने भएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्ले ग्रुपदेखि कक्षा २ सम्म स्मार्ट टिभिबाट र ३, ४, ५ कक्षामा प्रोजेक्टरबाट पठनपाठन गर्ने निर्णय गरेको हो । यस्का लागि बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम र बिद्यालय ब्यबस्थापन समिति सदस्य जिउधन चौधरीले संयोजन गर्ने भएका छन् ।

बिद्यालयका बिद्यार्थीलाई अनुशासनमा राख्नका निमित्त शिक्षक नन्द वली र अग्रेजी मिडियमका शिक्षक शिशिरचन्द्र बस्नेतलाई डिआईको जिम्मेवारि दिने निर्णय गरेको छ । त्यस्तै बैठकले अग्रेजी मिडियमको कोर्डिनेटरमा शिक्षक बिकास चौधरी र सहायक कोर्डिनेटरमा अग्रेजी मिडियम शिक्षक बस्नेतलाई चयन गरेको छ भने बैशाखभित्र अनिबार्य बिद्यार्थी भर्ना गरि सक्न पनि अभिभाबकहरुलाई आग्रह गरेको छ ।

साथै बैठकले बिद्यालय प्रशासनलाई चुस्त दुरुस्त राख्दै शिक्षक, बिब्यस, अभिभाबकसंग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ । अग्रेजी मिडियमको पढाइलाई ब्यबस्थित र प्रभाबकारी बनाउन हरेक महिनामा समिक्षा गर्ने, शिक्षक र अभिभाबकको मन जितेर काम गर्ने, मन्टेश्वरिसहित विभिन्न शैक्षिक सामग्रि खरिद गर्न घोराही ७ को वडा कार्यालयसंग समन्वय र सहकार्य गर्ने निर्णय पनि गरेको बैठकपछि बिब्यस सदस्य जिउधन चौधरीले बताए ।