Goraksha

National Daily

जीवन र जगतको सृष्टि र विकास क्रम

भुपेन्द्र सुवेदी
जीवन र जगतबारे मानिसमा अनेकौ जिज्ञासा र प्रश्नहरु उठ्ने गर्दछन् । कतिपय जिज्ञासा र प्रश्नको विज्ञानले सटिक उत्तर दिन थालेको छ । जिवन र जगतसम्बन्धी रहस्यको पर्दालाई विज्ञानले विस्तारै उघार्दै लगेको छ ।

ब्राह््मण्डदेखि जीवनसम्मको सृष्टिका अनेकौ नयाँनयाँ तथ्य र जानकारीहरु आउन थालेपछि जीवन र जगतबारे मानिसहरुको सोचाइमा समेत आमुल परिवर्तन देखिन थालेको छ । जीवन र ब्राहामण्डसम्बन्धी धेरै जिज्ञासाहरु अझै रहस्यको पर्दा भित्र लुकिरहेको भएता पनि विज्ञानले क्रमसः रहस्य चिर्दै जाने विश्वास गर्न सकिन्छ । यही जिवन ब्रहामण्डको सृष्टिबारे नबुझि जिवनको सृष्टिबारे विज्ञानमा आधारित रहेर ब्रहामण्डको सृष्टिबारे नबुिझ जिवनको सृष्टिबारे बुझ्न कठीनाई हुने हुँदा विभिन्न पुस्तकहरुको माध्यमबाटै प्रासम्भ ब्राहमण्डको सृष्टि गरिएको छ ।

विश्वमा महा बिस्फोटपछि पदार्थ उर्जा समय र अन्तरिक्ष सहितको ब्राहामण्डको सृष्टि भएपछि क्रमसः तारा, ग्रह, पृथ्वी र जीवनको सृष्टि भएकाले यी बिषयहरुलाई जानकारीका लागि विभिन्न धर्म ग्रन्थका पुस्तकमार्फत जानकारी गराइएको अवस्था छ । पृथ्वीमा जीवनका चुनौतिहरु चुलीदै जान थालेका छन् । जीवनको बिनाससमेत हुन थालि सकेको छ । मानवका गलत क्रियाकलापहरु पृथ्वीमा जीवनका लागि चुनौती बन्न थालेका छन् ।

मानवले गर्दै आएका गलत क्रियाकलापहरुबारे बेलैमा सचेत हुने बेला आइसकेको छ । यस्ता गलत क्रियाकलापहरु बेलैमा नसच्चाए यसले पृथ्वीमा जिवनका लागि गम्भीर परिणाम ल्याउन सक्ने आंकालन गर्न थाली सकेको छ । पृथ्वीमा जीवनका ती चुनौतीहरुबारे यसका विज्ञहरुको चर्चा आइनै रहेको हुन्छ ।

जीवनलाई उचित ढंगले बाच्ने प्रयास गर्न सकेमा पृथ्वीमा देखा पर्दै आएका जिवनका चुनौतीको धेरै हदसम्म सामाधान गर्न सकिने देखिन्छ । उचित जिवन विचार ग्रहण गरेर जीवनलाई उचित ढंगले बाचन सकिन्छ । केही सार्गभित जिवन विचारलाई सान्दर्भिक लागेका विभिन्न विज्ञको विचार समेटिएको विषय बन्न पुगेका छन् । दृश्य अदृश्य चराचर जगतको सृष्टिबारे विगत कालदेखि नै मानिसहरुमा जिज्ञासा रहेको पाईन्छ ।

यसबारे अनेकौ थरिका मत धारणा, विचार विभाजित समेत रहेका छन् । सृष्टि बारेका मानिसका विभिन्न धार्मिक, मुल्य र मान्यतामा आधारित हुने गर्थै । विज्ञान र प्रविधिको विकास हुन थालेपछि मानिसमा जरा गाडेर रहेको सृष्टिबारेको धार्मिक मुल्य र मान्यता ससक्त समयः भत्किदै जान थाले । विज्ञानले कुनै पनि घटनाको कार्य र कारणको सम्बन्धबारे खोज र अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउने भएकाले मानिसमा विज्ञानप्रतिको विश्वास बढेर जान थालेको छ ।

विज्ञानले गरेका खोज र अनुसन्धानबाट चरचर जगतको सृष्टिबारे धेरै घटना र तथ्यहरु जानकारीमा आउने गरेका छन् । ती घटना र तथ्यहरुको बारेमा धेरै चर्चा हुँदै आएका विषय हुन् ।
हामीले विषयबस्तु उठान गर्ने बेला सजिलै सँग जिवन र जगतकोबारेमा सजिलै उठानत गर्ने गरेका हुन्छौ तर जिवनको सृष्टिबारे खोज मुलक विषय निकै गहिरो अध्यताको भनाइमा निहीत रहेको हुन्छ र पृथ्वी जिवन अनुकुलन, ग्रहः अन्तरिक्षमा सेतो र निलो देखिने पृथ्वी जिवनले ओत स्रोत रहेको छ ।

सौर्यमण्डलमा पृथ्वी बाहेक अन्यत्र ग्रहमा जिवनको अस्तित्व फेला परेका छैन । सौर्यमण्डलमा अरु ग्रहहरु जिवन बिहीनबिहीन रहि केवल पृथ्वी जिवनले वतस्रोत हुनु र पृथ्वी जिवनका लागि अनुकुलन ग्रह बन्नुलाई अनौठो घटना मानिन्छ । पृथ्वीमा उत्पति भई विकास हुनुका साथै वैज्ञानिकहरुले धेरै प्राकृतिक कारणहरु रहेको औलाएका छन् । पृथ्वी जिवन अनुकुलन ग्रहण हुनुमा पृथ्वीको सुर्य सितको उपयुक्त दुरी नै उपयुक्त दुरी नै मुख्याकारण रहेको वैज्ञानिकको विष्लेषण छ ।

हामीले आजको बद्लिदो मौसम चिसो, तातो, छिनछिनको मौसम परिवर्तनको कारण तत्व भनेकै वायुमण्डलको फेर बदल जलवायु परिवर्तनको कारणले मोसममा आएको फेर बदलको कारण हिमालमा नहुने फलफुल आज मिलमा फल्ने र तराइमा नहुने बस्तु तराइ्मासमेत हुन सक्ने जस्तो अवस्था ले हाम्रो समाजको बानी व्यवहारको कारण हामीले जेजे गर्न नहुने हो त्यो नै आज गर्दै आएको अवस्थाको कारण हामी आफै जिवन र जगतको सृष्टिको बारेमा जोखिम मोल्दै छाँै अबको मौसममा के गर्न हुने के नहुने बुझिएन भने भोलीको हाम्रो जीवन नै खतरामा परेको हुने छ ।

पृथ्वीको अस्तित्व बसोबास योग्य क्षेत्रभित्र रहेको छ सुर्यसितको उपयुक्त दुरीले गर्दा पृथ्वीको तापक्रम विषय नरहि जीवन अनुकुलन बनेको छ पृथ्वीको औषद तापक्रम पन्ध्र डिग्री सेल्सियम रहेको छ । पृथ्वीको जस्तो जीवन अनुकुलन तापक्रम अनेत्र ग्रहमा देखिदैन । पृथ्वीको तुलनामा सुर्यबाट नजिक रहेका ग्रह निकै तातो रहेका छन् ।

यसका विज्ञहरुको भनाइ छ पृथ्वीमा जीवनदेखा पर्नु सबैभन्दा महत्वपूर्ण घटना रहेको छ । यही जीवनको उत्पति कहिले कसरी भयो ? भन्ने प्रश्न र जिज्ञासाको उत्तर खोज सबैलाई त देखिन्छन् । यस सम्बन्धमा वैज्ञानिक खोज र अनुसन्धानहरु तिब्रगतिमा भइरहेका छन । पछिल्लो समय प्रत्येक जीवन र बनस्पतिहरुको कोषमा निहित रहने जीवनको अध्ययन गरी जीवनको उत्पति र विकासका सम्बन्धमा अध्ययन गर्ने प्रचलन विकसित भइरहेको छ ।

जीवन डिएनएमा आधारित रहि गरिने जेनेटिक अध्ययनले जीवनको उत्पतिबारे जीवन र जगतको सृष्टि र विकास क्रम नयाँनयाँ, तथ्यहरु सार्वजनिक हुँदै आएका छन् । भनिन्छ सोच्छ हावा सोच्छ पानी गुणस्तरीय खाद्यय पदार्थको प्रति नागरिक अधिकार भनिन्छ तर आफ्नो अधिकार र कर्तव्य हामी कति पालना गरेका छाँै आफै मुल्याङ्कन गरौँ ।