नेपाल रेडक्रस सोसाईटीको घोराहीमा अभिमुखीकरण गोष्ठी
दाङ,२२ बैशाख । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाको आयोजनामा आज घोराहीमा रेडक्रस कर्मीहरुको लागि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।
रेडक्रस घोराही उपशाखाका सभापति थम्मन चौधरीको सभापतित्व एव दाङ जिल्ला महामन्त्री प्रकाश श्रीवन्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले उपभोक्ता र अवसरवादमा आधारीत अहिलको समाजमा निश्वार्थ भावले मानव सेवामा समर्पित हुन तालिम सहयोगी भएको वताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला मन्त्री प्रकाश श्रीवन्तले रेडक्रस कर्मीहरुबाट आएका सुझावहरुलाइ जिल्लाको कार्य दिशा र कार्ययोजनामा सभावेश गरिनेभएकोले यो कार्यक्रम महत्वपुर्ण हुने वताएका थिए । कार्यक्रममा विशिष्ट अतिथी एवं सल्लाहकार रामदयाल गुप्ताले निश्पक्षता र तठस्थताले मात्रै रेडक्रसको गरिमा वढ्ने भएकोले यसको गरिमामा सवैले ध्यान दिनु आवश्यक भएको वताएका थिए ।
कार्यक्रममा इनकोर संयोजक एवं सहजकर्ता जगत तामाङले रेडक्रसको स्थापना,सदस्यताका प्रकार, कार्य क्षेत्र, संगठनात्म परिचय, रेडक्रस अभियान, रेडक्रस अभियानका अंगहरु, रेडक्रस सोसाइटीका अन्तराष्ट्रिय महासन्धी, अन्तराष्ट्रिय मानविय कानुन लगाएका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रमा जिल्लाका मन्त्री एवं सहजकर्ता प्रकाश श्रवन्तले विपत व्यवस्थापन चक्र रोकथाम रोकथामा विपद उत्थानशिल समुदायका न्यूनतम विशेषताहरु लागएतका विषयमा प्रशिक्षण दिएका थिए ।
तालिम समापनका अवसरमा धारपानी उपशाखा सभापित सितारमा चौधरी घोराही उपशाखा उपसभापति सावित्रा रानाले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण घोराही उपशाखा सचिव इन्द्रवहादुर विसीले गरेका थिए ।
