दाङ, २२ वैशाख । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ को रौनक दिनानुदिन बढ्दै गएको छ ।
नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि आयोजना गरिएको महोत्सवमा आज शुक्रबार लोक गायक पशुपति शर्मासँगै दर्शकहरूले साङ्गीतिक मनोरञ्जन लिएका हुन् । नेपाली लोकगीतको क्षेत्रमा ब्रान्ड बनेका गायक शर्माले जाम भने जान्छौ र माया, तिम्रो पनि अर्कैसँग चल्या छ रे चक्कर, स्याङ्जा जाने बाटैमा तनहुँ, छ न त म राम्रो छैन, सारङ्गी र्याइँ र्याइँ, लुट्न सके लुट, मलाई जापान पनि यही लगायतका गीत गाएका थिए ।
साथै आज महोत्सवमा गायक नवौं दिन गायक यागेश्वर बस्नेत, खड्क शर्मा, शालिकराम चौधरी,ञ राजकुमार वली, राशी रिजालको प्रस्तुतिसँगै एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, शालु सुनार र सीमा श्रेष्ठको प्रस्तुति रहेको सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।
एकल लोक नृत्य प्रतियोगिता सुरू
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ आजदेखि एकल लोक नृत्य प्रतियोगिता सुरू भएको छ । आज प्रतियोगिताको दोस्रो दिन ११ जना सहभागी भएका थिए । आजको कार्यक्रमबाट दोस्रो चरणका लागि ६ जना छनौट भएका छन् । छनौट हुनेमा चाँदनी चन्द, सृष्टि श्रेष्ठले, आरोशी सेर्पाइली, पारस गिरी, अन्जु रोका र श्रीया भण्डारी रहेका छन् ।
शनिबार बद्री पंगेनी
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा भोलि शनिबार बद्री पंगेनीको प्रस्तुति रहने छ ।
साथै भोलि महोत्सवको दिन गायक प्रकाशप्रिय कुशुम्या, टोपेन्द्र बिष्ट, गजलकार बसन्त वली बसन्ती, मेरी बास्सैका कलामार लेखान्त भुसाल ९घिरौले०, रमेश बुढा मगर ९बैकुण्ठे० तथा एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ र शालु सुनारको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक वलीले जानकारी दिएका छन् ।