Goraksha

National Daily

कोराना विरुद्ध लड्न एकता आवश्यक : जिसस प्रमुख नेपाली

दाङ १ बैशाख । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले नयाँ वर्ष २०७७ को अवसरमा जिल्लावासीमा शुभकामना व्यक्त गर्दै कोरोना विरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोबल खाँचो पर्ने बताएका छन् । सोमवार शुभकामना सन्देश जारी गर्दै प्रमुख नेपालीले विश्व समुदाय कोरोना भाईरसबाट आक्रान्त र भयभित भएको यो अवस्थामा बँच्न र बँचाउनको लागि सरकारले गरेको लकडाउनको समयलाई घरभित्र बसेर सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
लकडाउनको कारण ज्याला मजदुरी गरी खाने अति विपन्न तथा सिमान्तकृत वर्गलाई अप्ठेरो परेकोले गरिदै आएको राहत वितरणलाई थप प्रभावकारी र पारदर्शि बनाउन पनि पालिकाहरुलाई अनुरोध गरेका छन् । ‘कोरानाबाट जोगिनको लागि सामाजिक दुरी कायम गर्दै मास्कको प्रयोग, साबुन पानीको प्रयोग, सेनिटाईजरले हात धुने, मनतातो पानीको अत्यधिक सेवन गरेर आफु बाँचौं र अरुलाई बँचाउने कार्यमा लाग्न नयाँ वर्षले थप ऊर्जा मिल्ने विश्वास छ’ प्रमुखको शुभकामना सन्देशमा उल्लेख छ ।