Goraksha

National Daily

हाम्रो शुभकामना

हामी यसपाली पत्रिकामा नयाँ बर्षको शुभकामना प्रकाशन गर्न असमर्थ छौं, तर मन मुटुवाट सबैमा शुभकामना भन्ने उत्कट चाहना भने छदैंछ ।

पत्रिकाका माध्यमवाट सबैलाई शुभकामना भन्ने तपाईंहरुको चाहना पुरा हुन नसके पनि तपाईंहरुको अन्तष्करणको शुभकामनाको आवाज हामीले सुनिरहेका छौं ।

देश मात्र हैन सिंगो संसार यतिबेला त्रासका बिच ठूलो लडाईका लागि सम्पूर्ण तयारी गर्दै छ । यो बेला सामाजिक दूरी कायम गरेर यो लडाईंलाई सघाउनु हामी सबैको दायित्व हो ।

नयाँ बर्षको यो पहिलो दिनमा हामी हाम्रो यो दायित्व बहन गर्न सबै अझ गंभिर बनौ भन्ने शुभकामना दिन चाहन्छौं । यो लडाईंमा जतिसक्यो चाडों बिजय हासिल गर्नुछ । बिजयी शुरुवात नै हाम्रो प्रगतिको बलियो आधार बन्ने छ ।

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं हामिले पत्रिका प्रकाशन स्थगन गरेता पनि यहाँहरु समक्ष सूचनाको प्रवाहलाई निरन्तरता दिनका लागि अनलाइन संस्करणलाई क्रियाशिल बनाएका छौं । यो संस्करणको लाभ यहाँहरुले जुन रुपमा पनि लिन सक्नु हुने छ । हाम्रो अगाडिको संकटबाट संसारलाई मुक्त गर्न सबै नागरिकहरुको सचेततापूर्ण र सुझबुझपूर्ण प्रस्तुती हुनसकोस्, नयाँ बर्षको यही शुभकामना ।

गोरक्ष राष्ट्रिय दैनिक परिवार