प्रतिष्ठानको प्रतिनिधी मण्डललाई मुख्यमन्त्रीले भने : कोरोना जोखिमबाट बच्न हातेमालो गरौं
घोराही, चैत ३० । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको जोखिमवाट वचाउन प्रदेश सरकार लागि परेको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि यसमा हातेमालो गरेर अघि बढ्न आग्रह गरेका छन् ।
प्रतिष्ठानका पदाधिकारी, उद्योगि, ब्यवसायीसहीतको टोलिले मुख्यमन्त्री पोखरेलसंग भेटघाट गर्दै प्रतिष्ठानले कोरोना भाइरस विरुद्ध गरीरहेको तयारीका विषयमा जानकारी दिएको थियो । प्रतिष्ठानकि उपकुलपति प्रा.डा.संगिता भण्डारीसहीत प्रतिष्ठान र उद्योगि, ब्यवसायिको टोलि मुख्यमन्त्री पोखरेललाई भेट्न आइतवार बुटवल गएको थियो । भेटमा मुख्यमन्त्रि पोखरेलले प्रतिष्ठानलाई सबै हिसावले वलियो र सक्षम बनाउन अत्यन्तै सकारात्मक रहेको र त्यो खाले भूमिका निर्वाह गर्न आफु तयार रहेको बताएका थिए ।
पोखरेलले अहिले कोरोना भाइरसवाट जनतालाई बचाउने नै मुख्य दायित्व भएको भन्दै प्रतिष्ठानलाई सबै तवरवाट सहयोग गर्न आफु तत्पर रहेको वताए । उनले प्रतिष्ठानलाई आउँदो वर्षको गुरुयोजनासहीत ल्याएर आउन पनि प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गरेका छन् ।
प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीले कोरोना भाइरस रोकथाम गर्न अस्पताल प्रशासनले चालिरहेको कदमका वारेमा मुख्यमन्त्रि पोखरेललाई जानकारी गराएको वताइन् । भेटकाक्रममा मुख्यमन्त्रि पोखरेलेले प्रतिष्ठानलाई सहयोग गर्न अत्यन्तै सकारात्मक रहेको पाएको भन्दै मुख्यमन्त्रि र स्वास्थ्य मन्त्रिले नै सहयोग गर्ने वचन पाएको पनि सुनाइन् ।
मुख्यमन्त्रि पोखरेलसंगको भेटमा प्रतिष्ठानकि उपकुलपति प्राडा संगिता भण्डारी, अस्पताल निर्देशक डा.सागर पन्थि, वालरोग विशेषज्ञ डा.किशोर खत्रि, प्रतिष्ठानका ल्यावका प्रमुख एंव प्रतिनिधि, निर्माण ब्यवसायि महासंघका प्रदेश अध्यक्ष वलिभद्र राना, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य धुर्वराज श्रेष्ठ भारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाललगायतको सहभागिता रहेको थियो ।
