राहत मान्छन् लमही पुग्दा पैदल यात्रुहरु
शिवराज खनाल
लमही, चैत्र ३० । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले आफ्नै खर्चमा गाडीको ब्यबस्था गरी चितवनबाट बर्दिया र कैलालीका लागि हिडेका २० यात्रुलाई जिल्ला सिमानासम्म पठाएका छन् ।
उनीहरुसंगै सोही गाडीमा सल्यानबाट बर्दिया जाने अन्य ५ जना सहित २० जना पनि जाँदैछन् । उनीहरुलाई अध्यक्ष श्रेष्ठले लमहीमा खाजा खुवाई मास्क बितरण गर्दै गन्तव्य तर्फ जान सघाएका हुन् ।
कैलाली निवासी शीला चौधरी चितवनमा घर बनाउने काम गर्छिन् । उनको काखमा सानो बच्चा पनि छ । देशमा लकडाउन भएपछि उनी सहित अन्य १५ जना समस्यामा परेपछि साइकल मै भएपनी घरपुग्छु भनी त्यहाँबाट हिडेका थिए । ‘तर पुग्न कति समय लाग्छ हामीलाई पनि थाहा छैन’-उनी बताउछिन् । लकडाउन खुल्ने आशामा केही दिन उनिहरु उतै बसे । यहाँसम्म जनतन आएका उनीहरुले खाजा र यातायातको सहोग पाएपछि अध्यक्ष श्रेष्ठप्रती आभार व्यक्त गर्दै गएका थिए । ‘हामी उहालाई धन्यवाद दिनचाहान्छौ’-जोखु चौधरीले भने ।
त्यसो त अध्यक्ष श्रेष्ठले दैनिक जसो पैदल यात्रीलाई नास्ता पानी खुवाउँदै टाढासम्म जाने यात्रुको लागि गाडीको ब्यबस्था गरि गन्तब्यसम्म पुग्न सहयोग गर्दै आएका छन् ।
‘अहिलेको यो परिस्थितिमा मानवीय सेवानै धर्म हो’ भन्दै उनी चोकमा बसेर सबै पैदल यात्रुहरुसंग दुःखसुख साट्ने गर्दछन् । उनी भन्छन्,-‘मरेर लानु केही छैन, कस्ले केनै लगेर गएको छ र यो आपतकालिन अबस्थामा सबैले सक्दो सहयोग गरौँ ।’
उनले लमही नगरपालिका अन्तर्गतका अति बिपन्न तथा दैनिक मजदुरी गरि साँझ बिहान छाक टार्ने परिवारको पहिचान गर्दै उनले खाद्यान्न समेत बितरण गर्दै आईरहेका छन् ।
