Goraksha

National Daily

निर्माण व्यवसायी महासंघ प्रदेश ५ द्वारा १३ लाख सहयोग हस्तान्तरण

घोराही, चैत ३० । नेपाल निर्माण व्यवसायी महासंघले प्रत्येक प्रदेश सरकारलाई कोरोना भाईरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १३ लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।

नेपाल निर्माण ब्यवसायि महासंघ प्रदेश ५ का अध्यक्ष वलिभद्र रानासहीतको पदाधिकारी टोलिले आइतवार बुटवल पुगेर प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेललाई सो रकम हस्तान्तरण गरेका हुन् । राज्यलाई विपदको वेला सहयोग गर्ने उद्देश्यले निर्माण ब्यवसायी संघको आन्तरीक कोषवाट सहयोग गरीएको अध्यक्ष रानाले बताए । सो अवसरमा मुख्यमन्त्रि पोखरेलले सहयोग गर्ने प्रदेश निर्माण ब्यवसायि महासंघलाई धन्यवाद दिएका थिए ।
महासंघको केन्द्रीय समितलेले कोरोना भाइरस कोभिड १९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।