Goraksha

National Daily

लेखापढी कानुन ब्यवसायिद्वारा खाद्यान्न सहयोग

घोराही,३० चैत । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसियसन घोराही–१५ ले घोराही उपमहानगरपालिकालाई खाद्यान्न ु्सहयोग गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका क्रममा आर्थिक रुपमा विपन्न परिवारलाई छाक टार्न समस्या परेको वेला एशोसीयसनले खाद्यान्न सहयोग गरेको हो ।

एशोसीयसनले ८ बोरा चामल, ८ किलो दाल, ८ पोका नुन र ८ पोका तेल नगरप्रमुख नरुलाल चौधरीलाई हस्तान्तरण गरेको थियो । सोही कार्यक्रममा एशोसियसनका जिल्ला अध्यक्ष युवराज शर्र्मा, घोराहीका अध्यक्ष चुर्णबहादुर वली, निवर्तमान जिल्ला अध्यक्ष द्रोर्णप्रसाद आचार्य, निवर्तमान जिल्ला सचिव रमेशकुमार आचार्य,इकाई सचिव धुर्व लम्साल र कोषाध्यक्ष नवराज लामिछानेको सहभागिता रहेको थियो ।