हापुरेमा पानीको शुःल्क छुट
देवी भण्डारी
हापुरे, चैत ३० । पुरन्धारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना ग्राहकहरुको एक महिनाको पानीका महशुल छुट गर्ने भएको छ । कोरोना संक्रमणवाट बच्नका लागि लगाइएको लकडाउनका कारण काम गर्ने अबस्था नरहेको भन्दै यो अबधीमा आफ्ना ग्राहकलाई राहत पुराउने उद्देश्यले यस्तो निर्णय गरिएको उपभोक्ता समितिका अध्यक्ष तिलाराम भण्डारीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज बसेको बैठकबाट यस्तो निर्णय गरेका हौं उनले भने ।
