Goraksha

National Daily

कोरोना प्रभाव : सबै प्रकारका खोप सेवा बन्द

लिलाधर वली

दाङ, ३० चैत । दाङमा सबै प्रकारका खोपहरु एक महिनाका लागि बन्द गरिएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९ ० फैलन सक्ने भन्दै सरकारले लकडाउनको घोषणा गरेपछि दाङमा एक महिनाका लागि सम्पूर्ण खोपका कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ कार्यालय दाङका परिवार नियोजन अधिकृत किशोर आचार्यले जानकारी दिएका छन्।

आचार्यले कोरोना भाइरसको संक्रमण फैलन नदिने उदेश्यले कार्यालयले दाङमा चैत महिनामा लगाइने खोपहरु स्थगित गरिएको बताए । दादुरा, पोलियो, बिसिजी, पेन्टाभाएल, निमोनिया रोगलगायतका विरुद्ध लगाइने खोपहरु बन्द गरिएको हो । ‘सरकारले गरेको लकडाउनको अबधिमा मनिसहरु भेलाहरु नहोउन् भनेर खोपका कार्यक्रम स्थगित गरेका हौं’, उनले भने,-‘अब फागुन महिनामा हुने खोपका कार्यक्रम बैशाख महिनामा हुनेछ्न् ।’ उनले खोप लगाउन एक महिना ढिला हुदैमा खासै फरक नपर्ने समेत बताए । ‘नियमित लगाउनुपर्ने खोपहरु एक महिनापछि लगाउदा खासै फरक पर्दैन’, परिवार नियोजन अधिकृत आचार्यले भने,-‘बैशाखमा खोप लगाउँदा सबैले नियमित रुपमा लगाउनुपर्छ ।’

दाङमा हरेक महिनाको १० गतेदेखी १४/१५ गतेसम्म नियमित खोप लगाइने गरिन्छ । जस अन्तरगत जिल्लाका प्रत्येक स्वास्थचौकी अन्तरगत ४/५ वटा खोप केन्द्रहरु रहेका छ्न् । ती केन्द्रमार्फत खोपहरु लगाइंदै आएको छ ।

आचार्यले खोपका कार्यक्रम स्थगित गरिए पनि परिवार नियोजन सम्बन्धि सेवाहरु भने नियमित रुपमा दिइरहेको समेत बताए । ‘खोपका कार्यक्रम स्थगित भएपनि परिवार नियोजन सेवा प्रदान गरिरहेका छौ’, उनले भने,-‘परिवार नियोजन सेवा लकडाउनको समयमा पनि नियमित रुपमा चालु छ ।’ त्यसैगरी उनले लकडाउनका कारण जिल्लामा परिवार नियोजनका साधनको समस्या देखिन थालेको बताए ।