Goraksha

National Daily

नारायणपुरमा युवाहरुको अगुवाईमा राहत

नारायणपुर चैत ३० । लकडाउनका कारण गरिव विपन्न परिवारको दैनिकी कष्टकर भएपछि अहिले स्थानीय तह तथा विभिन्न सहयोगीहरुले राहत वितरण जारी राखेका छन् ।

यसैक्रममा शनिबार नेपाली कांग्रेस साबिक त्रिपुर नगर सभापति दिपक पाण्डेको पहलमा बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिकाको वडा नं १० धैरेनीका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

नेपाल बिद्यार्थी संघका नेता मधु थापा, घोराही उपमहानगरपालिका वडा नं। १० झारबैराका सन्जिव डाँगी, बिप्लब डाँगी, घोराही १० सौडिकुलाका सुरेन्द्र केसी, घोराही १० चारबगियाका यादव खत्री, कुल बहादुर बस्नेत, घोराही १० अमराइका बल बहादुर पुन, मोतीराम बिष्ट र घोराही १० नारायणपुरका प्रकाश घमालको टोलीले घोराही १० धैरेनीका १३ घरपरिवारका सदस्यहरुलाई खाद्यान्न सहयोग गरेका हो । युवाहरुको समूहले नारायणपुर क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यान्न सहयोग जारी राखेका छन्।