Goraksha

National Daily

पर्यटकीयस्थल स्वर्गद्वारीमा स्वास्थ्य सामाग्री

 

अमरराज आचार्य

दाङ ३० चैत । कोरोना संक्रमणबाट बच्नको लागि प्युठानको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्धारी मन्दिरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । लकडाउनको समयमा स्वास्थ्य सामाग्री अभाव भएकाले उनीहरुलाई हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति भुपबहादुर डांगी र घोराही १५ का समाजसेवी उपेन्द्र शर्मा ९खेमराज०ले हेण्ड सेनिटाईजर दुई सय पिस र मास्क दुई सय ५० पिस  संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । ति समामग्री आइतवार आश्रममै पुगी प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतीले आश्रमका पुजारीहरुलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य सामाग्री पाएपछि आश्रममा बस्ने बटुक, पुजारी, व्यवस्थापन समिती, गुरुहरुले पहिलो पटक यस प्रकारको सहयोग पाएको भन्दै  धन्यावाद व्यक्त गरेका थिए ।

स्वर्गद्धारी आश्रममा अहिले पुजारी, बटुक गरेर दुई सयको संख्यामा बस्दै आएका छन् । आश्रममा कोरोना संक्रमणबाट बच्नको लागि लकडाउन पूर्व नै अन्य स्थानबाट आउने दर्शनार्थीहरुलाई प्रवेशमा रोक लगाईएको थियो ।