हिमाल महरा
घोराही, ६ चैत । पछिल्लो समय जन्मदिन मनाउने प्रचलन बढेसँगै जन्मदिन मनाउने शैली समेत परिवर्तन हुँदै गएका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले विद्यार्थी तथा असाहय,अशक्तहरुलाई सहयोग सामागी वितरण गरेर जन्मदिन बनाउने गर्दछन् ।
यसै सन्दर्भमा घोराही उपमहानगरपालिका–१५ निवासी समशेर केसीले आफ्नो जन्मदिन बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरुसंग मनाएका छन । घोराही उपमहानगरपालिका–१६ तेरौटेमा रहेको जेष्ठ नागरिक सरोकार केन्द्रमा गएर बृद्धबृद्धाहरुसंगै आफ्नो जन्मदिन मनाएका हुन । बृद्धाआश्रममा पुगेर उनीले फलफुल, खाद्यन वितरण गरेर जन्मदिन मनाएका छन ।
‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरुसंग मनाउदा राम्रो हुने लागेर बृद्धाआश्रममा गएर जन्मदिन मनाएको हुँ’,उनले भने,‘होटेलमा जन्मदिन मनाउनुभन्दा बृद्धाआश्रममा आमाबुबासँग मनाउँदा खुसी लागेको छ ।’ उनले जन्मदिनका अवसरमा बृद्धाआश्रममा फलफुल, चामल, नुन, तेल, बिस्कुटलगायत सामाग्री समेत सहयोग गरेका थिए ।
समशेर केसी प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष कालीबहादुर खत्रीको छोरा हुन । उनी महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अध्यनरत छन ।