भूपेन्द्र सुवेदी
नेपालमा मात्र नभएर विश्वमा समेत आफ्नो हैसियत बनाएको नेपाल प्रहरी संगठन हामीले भनी रहनु त्यति नौलो होइन तर म आफ्नो कर्म थलोको हैसियतले यो संगठन अझ प्रगाडको रुपमा नेपालको आमनागरिक र आमनागरिक समाज बीच राज्यको क्रियाकलापको रुपमा एउटा वाजगगको रुपमा स्थापित सस्था हो ।
नागरिक समाज भन्ने संस्था यसै सन्दर्भमा हाम्रो समाज दिनहु दिन परिवर्तनशिल छ, यहि परिवर्तनशिलताले समाजका विकास मूलक कार्यहरुमा असर परेको हुन्छ । अतः यस प्रकृतिले चलायमान समाजलाई वर्तमान लोकतान्त्रिक गणतन्त्रको परिपाटी अन्तर्गत कानुनी राज्यको सिद्धन्त भित्र बाधेर आमनागरिक सर्वसाधारणका हक, अधिकारको संरक्षण एवं प्रयोगमा सुरक्षात्मक सेवा प्रदान गरी लोक कल्याणकारी राज्यको उद्देश्य पुरा गराउन कार्यपालीकामा तहत प्रहरीको महत्वपुर्ण भूमिका रहेको हुन्छ ।
यस्तो भूमिका सधै एकैनासको नभएर समय परिस्थिती, आमनागरिक सामाजहरुको क्रियाकलाप चाहाना र व्यवहार अनुसार फरक–फरक हुन्छन् । यस्तो आईपर्ने कल्पना सँगै आफ्नो–आफ्नो सेवा र कतव्यको गिएरलाई परिवर्तन गर्दै अगाडी बढ्न सकेमा प्रहरी आफ्नो उद्देश्यको शिखरमा पुग्न सक्छ तर आमनागरिक र नागरिक समाजको सहयोग बिना सफल परिचायक बन्नमा एक्लै कठीन छ ।
नेपालको ईतिहासमा वर्तमान सन्दर्भलाई अगाडी उभ्याउदा समष्टीगत मोडहरु फरक–फरक भएको हामी महसुस गर्नेैपर्छ, जसमा राणाकालीन, राज्य व्यवस्था, पञ्.ञ्चायतकालीन राज्य व्यवस्था, अनी २०४७ पछिको बहुदलीय व्यवस्था, आजको वर्तमान लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थायी प्रत्येक समयमा राज्यका क्रियाकलाप, आमनागरिहरुका व्यवहार, आजको नागरिहरुको जनचेतनाको विकास आमनागरिक र नागरिक समाजको सोचाई, फरक–फरक रहँदै आएका छन् । यसका साथै अपराध, र अपराधिहरु, अपराध गर्नेै तरीकाहरु असुरक्षा खढा गर्ने संभावनाहरु समेत फरक–फरक हुदँै आएका छन् ।
तश्पश्चात यस्ता सबै घरी–घरी हुदँै आएका परिवर्तनशिलताको कठीन मार्गमा नेपाल प्रहरीले आमनागरिक समुदायको सुरक्षाको मूल उद्देश्यलाई जिम्मेवारीका साथ अडीक रहनुपरेको हुन्छ । आम सर्वसाधारण, नागरिक, नागरिक समाजको मन स्थितीमा रहने सुरक्षाको तुवालोलाई हटाई निर्भिक्ताको साहास भर्नुमा केवल साथ चाहि आमनागरिक र नागरिक समाजको मुख्य साहाराको रुपमा लिनुपर्दछ सधै एकनास नभएर समय परिस्थिती सामाजिक क्रियाकलाप चाहाना र व्यवहार अनुसार फरक–फरक रहेकोे शिखरमा पुग्न सक्छ । यहिनै प्रहरीको परिचय पनि हो ।
हाम्रो देशको वर्तमान सन्दर्भलाई अगाडी उभ्याउदा पनि यहि माथिकै विषय लागु हुन जान्छ । अथवा ईतिहासमा नेपालको आमनागरिक समाजको समष्टीगत मोडहरु फरक–फरक पाईन्छ । राणाकाल, पञ्चायतकाल बहुदलीय व्यवस्थाको अवस्था र वर्तमानको लोकतान्त्रिक गणतन्त्रको अवस्थायी प्रत्येक समयमा राज्यका क्रियाकलाप आमजनता र नागरिक समाज सँगको व्यवहार जनचेतनाको स्तर आम सर्वसाधारण र नागरिक समाजको सोचाई फरक–फरक रहदै आएका छन्, यसका साथै अपराध र अपराधीहरु र अपराध गर्ने तरीका असुरक्षा खडा गर्ने सम्भाबनाहरु पनि फरक–फरक हुदै आएका छन् ।
यि सबै परिवर्तन शिलताको कठीन मार्गमा नेपाल प्रहरीले आम जनसुरक्षाको मूल उद्देश्यलाई हाक्नु परेको हुन्छ । सबै साधारण,मात्र नभै आमनागरिक र नागरिक समाज समेतको मनस्थितीमा रहने असुरक्षाको तुवालो लाई हटाई निर्भिक्ताको साहास गर्नु परेको हुन्छ । राष्ट्रिय सुरक्षाको विषयमा सम्बेदनशिल अपराध बढेका बढै छन् । आजको अवस्था झन पछि झन भयाबह हुदैछन् । यसैले गर्दा धेरै नेपालीका छोरा छोरीहरुको ज्यान गएको अवस्था ताजै छ । कुन बेला कहाँ कसलाई के हुन्छ ? भन्ने त्रासको बादल मडारीएको छ ।
अर्काे तर्फ यस्तो त्रासपूर्ण असुरक्षाको वातावरणलाई चिरेर आमनागरिक र नागरिक समाजको सुरक्षामा अहो रात्र खटीएका प्रहरीहरु आफ्नो सेवाको खातिर बलिदान हुँदै आएका छन् । हाम्रो दशको सन्दर्भमा शान्ति सुरक्षाको फाटमा हाल बिल्कुल नयाँ परिवेश उपस्थित हुदैछ । यो नयाँ परिवेशमा शान्ति र अमन चयन कायम गरी राख्न नेपालप्रहरी र आम सर्वसाधारण, नागरिक समाज गम्भिर भएर सोच्नुपर्ने भएको छ र एक आपसमा हुनुपर्ने सम्बन्ध र समन्वयलाई नयाँ ढंगले मजवुद बनाउनु परेको छ ।
हालको परिस्थितीमा प्रहरी र सर्वसाधारण, नागरिक, समाजबीचको सम्बन्ध राम्रो बनाउन दुवै पक्षले विभिन्न कुरामा ध्यान दिन आवश्यक छ । प्रहरी तर्फः प्रहरी आफुलाई शासक होइन सेवकको रुपमा प्रस्तुत् हुनुपर्दछ । अर्थात सर्वसाधारण, नागरिक समाजमा आफुलाई डर त्रासको रुपमा नभै जनमानसमा उनीहरुको जन धनको पक्का पहरेदारको रुपमा उभ्याउन सक्नुपर्दछ । अर्को महत्वपूर्र्ण पक्षप्रहरी आफै समस्या नबनेर, अर्थात प्रहरीको आफ्नै व्यवहारले बढी बदनाम हुने गरेको हुन्छ ।
यसैको कारण पुरै भू–भागको बदनाम हुने गरेको सुनिन्छ तर त्यो आमनागरिक समाजको दृष्टिबाट त्यस्तो दागलाई सफा गर्ने एउटा महत्वपूर्ण विषय आमनागरिकहरुको सामु सत्य तत्थ्यको कार्यलाई बढवा दिनुको बिकल्प हुदैन तर प्रहरीले जनसुरक्षामा काल रस्उन्स अर्थात सुरक्षा जन्य कुनै कारणले सर्व साधारणलाई घाउ लगाउछ भने त्यहाँ तत्काल मलम पट्टी गर्न प्रहरी पुगेको हुनुपर्दछ, तव मात्र आम सर्वसाधारण, आमनागरिक समाजको दृष्टिले प्रहरी प्रतिको कार्यलाई लगाउन सक्छ ।
पिडितको बेधना निकै धैर्यताका साथ सुनेको हुनुपर्दछ । समस्यामा परेको आम सर्वसाधारण, आम नागरिक समाजको मन स्थितीमा मजा सँग अँगालो हालेको खण्डमा प्रहरीको उक्त रेसपोन्सलाई आमनागरिक नागरिक समाज सँग नजदिक रहेको सर्वसाधारण जनताले भुल्न पनि सक्दैनन् । यस्तो व्यवहार बाट प्रहरीले आमनागरिक बाट ठुलो सम्मान कमाउछ, माया कमाउ छ ।