बिरगञ्जमा बस्ने जना ३ भारतीय नागरिकमा संक्रमण देखियो
दाङ चैत ३० । बिरगञ्जको एउटा मस्जिदमा बस्दै आएका दुई जर्नन जना भारतीय नागरिकको कोरोना संक्रमणको परीक्षण गर्दा ती मध्य तिन जनालाई संक्रमण देखिएको छ । उनीहरुलाई केही दिनदेखि पर्साको वीरगञ्जस्ति नारायाणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनीहरुको स्वाव पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको हो ।
उत्तर प्रदेशका वासिन्दा भनिएका उनीहरु वीरगञ्ज वार्ड नम्बर-२ स्थित छप्कैया मस्जिदमा १५ दिनअघिदेखि बस्दै आएका थिए ।
