Goraksha

National Daily

प्रतिष्ठानको मुल गेटमा बन्यो अत्याधुनिक सेनिटाइजर मेसिन

दाङ चैत ३० । घोराही स्थित राप्ती स्वास्थ्य प्रतिष्ठानको मुल गेटमा अत्याधुनिक अटोमेटिक होलबडी सेनिटाइजर मेसिन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । अब प्रतिष्ठान भित्र प्रबेश गर्दा त्यो मेसिन पार गर्नुपर्ने छ । मेसिनपार गर्दै गर्दा हात मात्रै हैन, पुरै शरिर र लगाएका कपडाहरुमा सेनिटाइज हुने छन् । दाङकै युवा बैज्ञानिक मार्सल रोकाले सो प्रबिधी निर्माण गरेको प्रतिष्ठानले जनाएको छ ।