युवराज शर्मा
नेपाली वीर र साहसी छन् । उनीहरुको जीवन दुःख र सुखसँग बितेको छ । जुन देशमा नून खान पनि १५ दिनको पैदल बाटो हिडेर गह्रौ भारी पिठ्यूमा बोकेर नून ल्याउनु पर्दथ्यो । त्यो अवस्था अहिले हिमाली क्षेत्रका बासिन्दाले भोगिरहेका छन् । त्यहाँका नागरिकमा साहस छ । देशको आर्थिक र सामाजिक अवस्थाको ज्ञान छ । उनीहरुले एक्लै केही गर्न सक्दैनन् । सामाजिक भावना आपसमा छ ।
सहकार्यको कार्यशैली समाजमा दुःख र सुखको कटकारा गर्ने चलन छ । हुन त तराई, मध्य र हिमाल भएको नेपाली हुन् । उनीहरुमा राष्ट्रप्रेम, राष्ट्रिय भावना, सहकार्य, आपसी सम्बन्ध, माटोप्रति माया जस्ता विषयहरुले अध्ययन गरियो भने स्वार्थी भावना, आपसी मनमुटाव, सहकार्यको भावनासम्बन्धी ज्ञान र सीपको विकास तराईको अपेक्षा मध्यपहाड र हिमाली भेगमा धेरै छ । तराईमा अधिकांश मान्छे भारतबाट आएका भारतिय मूलका वंशजहरु छन् । उनीहरुले पहाडी र मधेसीको भेदभाव गर्छन् । त्यो पनि खुलेर गर्छन् । मधेसीहरुको बस्तीमा पहाडीहरु बस्ने घर बनाउँछन् ।
आपसी सम्बन्धको वातावरण हुन्न । पहाडी नागरिक भन्छन् – दुःखसँग सुख पनि आउँछ तर मधेसीहरु भन्छन् – हामी कमाउन आएका हाँै । यहाँ बसेर नागरिक भयाँै । नागरिकता प्रमाणपत्र नै हाम्रो भारत हो । पुस्ताँैदेखि बस्दै आएका, नेपालमा पढेलेखेका र नेपाली राजनीतिमा भिजेका वर्गमा राम्रो भावना झल्किन्न । आपसमा कटुभावना झल्किन्छ ।
नेपालीको आर्थिक, सामाजिक र नैतिक विकास समाजमा भएन । शैक्षिक वातावरण पनि आयातीत शिक्षा पद्धतिमा छ । स्वास्थ्योपचार नेपालका स्वास्थ्य केन्द्रहरुमा हुँदैन । शिक्षा र स्वास्थ्यका लागि भारतको शरणमा पर्नुपर्छ । त्यसैले होला नेपाली राजनीतिज्ञहरुले सिटामोल खान पनि भारतका स्वास्थ्य केन्द्र र अस्पतालमा पुग्नुपर्छ तर मधेसबासी नेताहरुले विदेशको स्वास्थ्य उपचार लिएको पाइन्न । जति धेरै पहाडी मूलका राजनीतिज्ञले सुखसुविधामा रमाएका छन्, त्यो अवस्था मधेसीहरुमा पाइन्न ।
उनीहरु भन्छन्– नेपाललाई कमजोर बनाउने पहाडी मूलका नेताहरु धेरै छन् । उनीहरु स्वच्छाचारी बन्दै छन् । हाम्रो वंशज नै तराईमा बस्यो । सुख र दुःख ग¥यो । जीवनशैली आय स्रोतमा निर्भर भयो । आफ्नो हैसियत गुमाएका छैनौँ । तर पहाडी मूलका नेताहरुमा सत्ताको संघर्ष धेरै हुन्छ । त्यसैले गर्दा २००७ सालदेखि २०७९ सालसम्म प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक सरकार ५ वर्षसम्मको कार्यकाल व्यतीत गरेको इतिहास छैन ।
जसलाई लोकतान्त्रिक गणतन्त्रको राम्रो ज्ञान र सीप छैन । त्यस्ता व्यक्तिहरुका हातमा शासन सत्ता भएपछि देशको गति बढेन । देशमा विकास भएका कार्यहरु पनि टिकाउ भएनन् । बनेका उद्योग व्यवसाय पनि पहाडी मूलका नेताहरुले बन्द गराए । युवाजनशक्तिलाई विदेश पलायन गराइरहेका छन् । नेपालीले दुःखमा सुखको अनुभूति गरेका छैनन् । तराई र पहाडको वातावरण, सामाजिक व्यवहार र शैक्षिक विकास फरक–फरक छ । उनीहरुले जङ्गल फडाणी, ऐलानी जमिनको कब्जा गर्ने गरेको पाइन्न ।
पहाडी भू–भागमा बसेका मानिसले धेरै ऐलानी, पर्ती, खोलानालाहरुका जग्गाजमिन कब्जा गर्छन् । भन्छन्–हामी सुकम्बासी हाँै । जब कि तीन पुस्तासम्म आफ्नो परिवारमा जग्गाजमिन नाममा दर्ता श्रेस्ता छैन । त्यस्ता व्यक्तिलाई मात्र सुकुम्बासीको नाम दिन सकिन्छ भन्छ नेपाल सरकार तर जग्गा बेचेर धेरै व्यक्ति सुकुम्बासी बनेका छन् । धेरै काठमाडौं सहर छिरेका छन् । उनीहरु असली सुकुम्बासी बनेका छन् । राजनीतिको सिरक ओढेका छन् । आफ्नो शरीरलाई न्यानो पारेका छन् । व्यक्ति सेवामा नेपालको राजनीति अडेको छ ।
नागरिकको सुखसुविधा आएर दुःखका दिनहरु हट्ने आधार बन्न सकेन । यसमा पटक–पटक बन्ने सरकार नै दोषी हो । भन्छन् दुःखमा झेलिएका नागरिकका लागि नेपाली राजनीति सफल भएन । राजनीतिज्ञहरुले बहुदलीय व्यवस्थामा गणतन्त्र ल्याए पनि युवावर्गलाई घरपरिवार छोडेर नेपाललाई बिर्सेर आर्थिक जोहो गर्न विदेशिनु पर्ने पीडाबोध भयो । नेताहरुका घरपरिवारमा खुसियाली छ । गरिब र विपन्न परिवारमा दुःखको भुमरी चल्यो । नागरिकले दुःख र सुखको अनुभूति गर्न सकेनन् । राजनीतिज्ञहरु सुखमा रमाइरहेका छन् ।
नेपालीको शिक्षामा दुईथरिको प्रणाली सञ्चालनमा छ । सरकारी प्रणालीका शैक्षिक संस्थाहरु राजनीति गर्नेहरुका लागि क्रिडास्थल भए । संस्थागत प्रणालीका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने विधि र प्रविधि विद्यार्थीहरुबाट अशुलिने शुल्कहरुमा भयो । जहाँ सरकारी अनुमति र स्वीकृति दिने मात्र बन्यो । समाजबाट टाढा देखियो । दुवैथरिका स्कुलहरुले आफ्नो सुविधामा रमाए । विद्यार्थीहरुले सुख र दुःखको अनुभव गर्न पाएनन् ।
उनीहरुले पढेर ज्ञानी गुणी बन्दैमा राजनीतिले ठाउँ दिदैन र राजनीतिले छलछाम गर्न र राज गर्न मात्र सिकाउँछ । जहाँ राज गर्नका लागि नीति चाहिन्न भन्ने भनाइ छ । त्यसैले होला राजनीतिका लागि वौद्धिकवर्ग भन्दा मूर्खहरुको वर्चस्व पाइन्छ । समाजमा समाजवादको नीति सुनाइन्छ तर देखाइन्न् । कतै विरोधका खबरहरु घन्कन थालेपछि एकताको खबरहरु बढ्छन् । भनिन्छ खोलो त¥यो, लौरो बिर्सियो । दुःखको सम्झना भएन तर सुख प्राप्ति भएका शरीरमा फुर्ती भयो । मानव गुणहरु देखिएन । समय–समयमा हराएर पनि गए तर जनताले सुखको अनुभूति गर्न पाएनन् ।
हिजोका सम्पन्न व्यक्तिहरुको इतिहास भयो । उनीहरुको जीवन सुखमा हुर्किएको थियो । समयले कोल्टो फे¥यो, सुखका दिनहरु दुःखमा परिणत भए । सुखमा रमाउने र दुःखमा रुनुपर्ने समय हुन्छ भन्ने ज्ञान गर्नुपर्छ । सुखमा अहंकार र आडम्बरीको रुप देखाउनु दुःखलाई भिœयाउनु हो भन्ने ज्ञान गर्नुपर्छ । सरल र सादगी जीवनशैली अपनाउनु सुखमा रमाउनु हो र निर्दयी र पापी आत्मा देखाउनु दुःखलाई अपनाउनु हो ।
सुख र दुःख एकअर्काका पुरक हुन् । दुःखबाट सुख प्राप्त हुन्छ भने सुखबाट दुःख पनि पाइन्छ भन्ने अनुभूति मानवमा हुनुपर्छ । जबसम्म आत्मज्ञानको विषयमा मानव समाजले अनुभूति गर्दैन तबसम्म सामाजिक बन्न सक्दैन । त्यसकारण सामाजिक भावनाको विकास गर्नु नै सुखको अनुभूति गर्नु हो । सुखका साथमा दुःख र मानवको दुःखका साथमा सुखको आगमन भएको पाइन्छ । जेजस्तो भएपनि सुख र दुःख मानव जीवनका पाहुना हुन् ।