राहत बितरणमा तीन जना मात्र सहभागी हुन प्रशासनको निर्देशन
दाङ, ३०चैत । दाङमा राहत वितरणमा अब बढीमा तिन जनामात्र सहभागि हुन पाइने भएको छ । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन क्रममा अतिबिपन्न परिवारलाई राहत बाँड्ने नाममा जनप्रतिनिधिलगायतको भिडभाड देखिएको फोटो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय दाङले राहत बितरणमा भिडभाड नगर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ति प्रकाशित गरि अब बढीमा तीन जनामात्रै सहभागि हुन स्थानीय तहलाई निर्देशन जारी गरेको छ । स्थानीय तहको प्रतिनिधि, सुरक्षाकर्मि र सहायतादाता १/१ जना गरि तीन जनाले मात्रै राहत बाड्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका दशबटै पालिकालाई अनुरोध गरेको छ ।
