गोरक्ष समाचारदाता
दाङ,२९ फागुन । स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (एस) विच तालमेल गर्ने सहमति भएको छ ।
नेपाल विद्यार्थी संघ र अनेरास्ववियु(एस)विच भएको छलफलपछि घोराहीस्थीत महेन्द्र बहुमुखी क्याम्पसमा हुन थालेको स्ववियु निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।
सहमतिपछि नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल र अनेरास्ववियु (एस) दाङका कार्यवाहक अध्यक्ष खिमा घर्तीले आज सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति भएको बताइएको छ ।
साथै उनीहरुले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (एस)का संयुक्त मनोडज डिसी नेतृत्वको प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न समेत विद्यार्थीहरुलाई आग्ह गरेका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस र नेपाल सस्कृत विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुन थालेको छ । स्ववियु निर्वाचनका लागि विद्यार्थी संगसंगठनहरुले उम्मेदवारी दर्तासँगै चुनावी प्रचारप्रसारको कार्यलाई समेत तीव्र पारेका छन् ।