सुनचाँदी पसल सञ्चालन

तुलसीपुर, २९ फागुन । तुलसीपुरमा फेरी अर्को सुनचाँदी पसल थपीएको छ । तुलसीपुर–५ क लाईन राष्ट्रिय बाणिज्य बैंकको नजिक बागेश्वरी गोल्ड एण्ड सिल्भर प्यालेस (सुनचाँदी पसल) संचालनमा आएकोहो ।

युवा व्यवसायी कमल डाँगी र बन्दना खड्का डाँगीले बागेश्वरी गोल्ड एण्ड सिल्भर प्यालेस सञ्चालनमा ल्याएका हुन् । त्यसैविच बागेश्वरी गोल्ड एण्ड सिल्भर प्यालेसको तुलसीपुर उद्योग बणिज्य संघका कार्यबाहक अध्यक्ष मिनराज भण्डारीले एक समारोह बिच समुदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले तुलसीपुरमा एक पछि अर्को व्यवसायी थपीदै गएको भन्दै व्यवसायीक सफलताको शुभकामना दिए । सोमवार उद्घाटन भएको पसलमा सुनचाँदीका विभिन्न गहना र बस्तुहरु ग्राहकहरुले किन्न तथा अडर अनुसार गरगहनाहरु पाउने छन् ।