घोराही,२९ फागुन । घोराही उपमहानगरपालिका–७ सौडियारस्थीत माध्यमीक विद्यालय सौडियारको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा निशानदाजु भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
घोराही ७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य खोपिराम चौधरीसहित ७ जना विद्यालय ब्यवस्थापन समिति सदस्यहरुको सोमवार बसेको बैठकले शिक्षाप्रेमी तथा बुद्धिजीवितर्फवाट पुरुष सदस्यमा मनोनित गर्दै भट्टराईलाई अध्यक्षमा सर्वसहमतिमा चयन गरेको हो । सामाजिक क्षेत्रमा कृयाशिल पत्रकार भट्टराई विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।
त्यस्तै विद्यालय ब्यवस्थापन समिति सदस्यहरुमा लक्ष्मी विक, यमकला पुन मगर, भोजराज रावत, जिउधन चौधरी, पार्वती कुर्मी निर्विरोध चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष भट्टराईसति सदस्यहरुलाई वडा अध्यक्ष चौधरी, विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम, शिक्षकहरुले टिका,खादासहित बधाई तथा शुभकामना दिएका थिए ।
नवनिर्वाचित विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भट्टराइले विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन शिक्षक, अभिभावक र समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउदै विद्यालयलाई सबै हिसावले नमूना बनाउन सामुहिकरुपमा छलफल गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।