प्रेस सेन्टर दाङको साधरणसभा

गोरक्ष समाचारदाता
दाङ, २७ फागुन । प्रेस सेन्टर नेपाल दाङ शाखाले विगतको समीक्षा र नयाँ योजना निर्माण गरेर साधरणसभा सम्पन्न गरेको छ । संगठनलाई थप प्रभावकारी बनाउँदै लैजाने योजना संगठनले ल्याएको छ । सेन्टरले जिल्लाका दशै पालिकाका कमिटी समेत गठन गरेको छ । यसलाई संगठनले नमुनाको रूपमा लिने गरिएको छ ।

‘जिल्लाका दशै पालिकामा संगठनले पालिका स्तरीय कमिटी निर्माण गरेर संगठन विस्तार गरेको छ’, साधरणसभामा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सचिव जनक नेपालीले भने, ‘अन्य जिल्लामा यो काम भएको छैन तर दाङमा हामीले गर्न सफल भएका छौँ ।’ उनका अनुसार संगठनका आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र पेसागत सुरक्षालगायतका विषयमा काम भएको छ ।

संगठन दाङका अध्यक्ष पाण्डवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिताको विकासको लागि सबैले ध्यान दिनुपर्ने बताए । ‘पत्रकारिता क्षेत्रमा चुनौतीहरू छन, ती चुनौतीलाई चिर्दै अघि बढ्नु हाम्रो दायित्व हो’, उनले भने ।

कार्यक्रममा सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयपीद शर्मा, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मानसिंह विश्वकर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, सेन्टर दाङका संस्थापक अध्यक्ष पुरण शर्मा, नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतल, प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसी, सिस्नोपानी दाङका अध्यक्ष डा लोकराज पराजुली र सेन्टरका शिवु खनाललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संगठन र पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गरेर संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मालाई सम्मान गरिएको थियो । सेन्टरका सहसचिव दीपक बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सांगठनिक प्रतिवेदन सचिव नेपाली र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन नेपालीले प्रस्तुत गरेका थिए । साधरणसभाले दुवै प्रतिवेदन पास गरको छ । कार्यक्रमको सहजीकरण सचिव नेपालीले गरेका थिए ।