शिव राज खनाल
देउखुरी,२७ फागुन । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजना गरिएको पालिकास्तरीय खेलकुद प्रतियोगीतामा लमही नगरपालिका र गढवा गाउपालिका फाइनलमा प्रवेश गरेका छन् ।
गढवाको जनता माविको खेल मैदानमा भएको अन्तरपालिका फुटबल प्रतियोगिता अन्तर्गत राजपुर गाउँपालिकालाई हराउँदै गढवा र राप्ती गाउँपालिकालाई हराउँदै लमही नगरपालिकाको टिम फाइनल प्रवेश गरेका हुन ।
निर्धारित ओभरको खेलमा बराबरी भएपछि पेनाल्टी सुटआउटमा राप्ती गाउँपालिकालाई हराउँदै फाइनल प्रवेश गरेको हो । लमहीको जीतका लागि महेश थापा ठेडी , भूमिकागोपाल बिक, भिखराम चौधरीले गोल गरेका थिए ।
लमही नगरपालिकाको तर्फबाट लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडी , भूमिकागोपाल बिक, भिखराम चौधरी, वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेल , वडा नं. ३ का वडाध्यक्ष मनोज चौधरी , वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी, वडा नं ६ का वडाध्यक्ष श्यामनारायण चौधरीलगायतका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगिताको फाइनल खेल यहि फागुन ३० गते हुने भएको छ । प्रतियोगितामा चार पालिकाको सहभागिता रहेको थियो ।