अमेरीकाबाटै रेग्मी परिवारको खाद्यान्न सहयोग
दाङ ,चैत्र २९ । तुलसीपुर १६ लालपुरका रेग्मी परिवारले लकडाउनको कारण समस्यामा पर्नेहरुलाई सहयोग स्वरुप खाद्यान्न उपलब्ध गराएका छन् । अमेरिकामा बस्दै आएका रेग्मी परिवारका सदस्यहरुले तुलसीपुर उपमहानगरपालिकाले खाद्यान्न वितरणका लागि वनाएको फुड बैकमा हाल खाद्यान्न उपलब्ध गराएका हुन् । अमेरिकामा बस्दै आएका शर्मिला रेग्मी, सन्तोष रेग्मी र अवनिश रेग्मी तथा हाल तुलसीपुर ५ नीवासी पत्रकार चेतन रेग्मीले आज शनिबार एक कार्यक्रमका विच तुल्सीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेलाई खाद्यान्न समाग्री हस्तान्तरण गरिएको हो । रिपोर्टर्स कल्ब दाङको सहकार्यमा उपलब्ध खाद्यान्न सामग्री कल्बका अध्यक्ष शरद रेग्मी र सहयोगी पत्रकार चेतन रेग्मीले संयूत्त रुपमा नगर प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका थिए । स्थानीय प्रशासनले एकद्दार प्रणालीबाट खाद्यान बितरण गर्ने योजाना अघिसारेसङ्गै नगरपालीका भित्र रहेका अती बिपन्न पचास घर परिवारलाई बाह्र सय पचास किलो चामल, एकसय किलो दाल र पचास किलो नुन सहयोग गरेको हो ।
“खाद्यान्न अभावमा कोही पनि भोकै वस्न नपरोस् भनेर हामी आफैले पैसा उठाएर सहयोग गरेका हौं” अमेरिकामा रहेकी सहयोगी शर्मिला रेग्मीले बताइन् । ‘यहाँ हमिपनी घरभित्रै बसिरहेका छौ । आपतकालीन समयमा सानो सहयोग गर्न पाउँदा धेरै खुसीलागेको छ । तपाइहरु पनी लक डाउनको पूर्ण पालनागरी संक्रमणबाट बच्नुहोला’-रेग्मीले भनिन् ।
