Goraksha

National Daily

सुरक्षाकर्मीको मनोवल बढाउन दुध सहयोग

दाङ, चैत २९ । दाङका किसानले सुरक्षाकर्मीलाई दुध सहयोग गरेका छ्न् । बजार बन्द भएपछि किसानले संक्रमणबाट सर्तकता अपनाउन रातदिन सुरक्षामा खटिने सरक्षाकर्मीलाई दुध उपलब्ध गराएका हुन् ।

उनीहरुले शसस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरलाई ५० लिटर र ईलाका प्रहरी कार्यालय तुलसीपुरलाई १ सय १० लिटर दुध उपलब्ध गराएको राष्ट्रिय पशुपालक दुग्ध उत्पादन समाज नगर समिती तुलसीपुरका अध्यक्ष लोकराज डाँगीले जानकारी दिएका छ्न् ।

नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीले लकडाउनलाई पुूर्णरुपमा पालना गराउन खेलेको भूमिकाको उच्च मूल्याकंन गर्दै उनीहरुको मनोवल बढाउन दुध उपब्ध गराएको डाँगीले बताएका छन् । तुलसीपुरमा १६ बढी दुध उत्पादक किसानहरु संगठीत भएका छन् ।
सुरक्षाकर्मीका लागि किसानले तुलसीपुर उपमहानगपालिकाका प्रमुख घनश्याम पाण्डेमार्फत सहयोग गरेका थिए ।