Goraksha

National Daily

कोभिड १९ र राजनीतिक दलको भूमिकामा संबाद

दाङ,२८ चैत महामारीको रुप लिदै बिश्वमा त्रासदीपूर्ण अबस्थामा पुगेको कोरोना भाईरस संक्रमणबाट र भोक तथा अन्यरोगबाट पनि बँच्न र बचाँउनुपर्ने समय आएको दाङका राजनीतिक दलहरुले बताएका छन् ।

संबाद समूह दाङले कोभिड १९ र राजनीतिक दलको भूमिकामा शुक्रबार सञ्चालन गरेको भिडीया कन्फ्रेरन्स मार्फत संबादमा सहभागि नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष टीकाराम खड्का र नेपाली काग्रेसका सभापति कृत्तिबहादुर खड्काले चीनबाट शुरु भएको कोरोना भाईरसको संक्रमणको त्रास, नेपालमा चैत ११ गतेदेखि लागु गरिएको लगडाउनदेखि जनजीवन नराम्रो सँग प्रभाबित भएको बताउनुभयो ।

नेकपा अध्यक्ष खड्काले भन्नुभयो,’यो समय सबैजना बहुपक्षीय होईन एक पक्षिय भएर कोरोना भाईरस संक्रमणबाट बँच्न र बँचाउने अभियानमा जुटनु पर्छ ।’ बिश्वका बिकसीत देशहरुलाई समेत हम्मेहम्मे बनाएको कोरोनाको प्रभाब नेपालमा सानो असाबधानिका कारण ठ्ुलै क्षति हुने सम्भाबना रहेको बताउनुभयो । अहिले लक डाउनलाई सबैले पूर्ण पालना गर्नुपर्छ,खाद्यबस्तुको आपुर्ति र बितरणलाई ब्यबस्थीत गराउनुपर्छ,राहत बितरणमा राजनीतिक गर्न नहुने बताउनुभयो । उहाले स्वास्थ्यकर्मी,सुरक्षाकर्मीको मनोवल बढाउने समय हो,तर स्वास्थ्य संस्थामा पुगेका अन्य बिरामीहरु उपचारबाट बञ्चीत हुन नहुने बताउनुभयो । बिदेशबाट आएका ब्यक्ति नेपाली नगरिक भएपनि समूदायदेखि नाका क्षेत्रमा पनि अमान्यबिय ब्यबहार हुने गरेका छन्,त्यसो हुन दिन हुदैन,नेकपा अध्यक्ष खड्काले बताउनुभयो ।

नेपाली काग्रेसका सभापति कृत्तिबहादुर खड्काले राहत बितरण अब्यबस्थीत भएको गुनासो गर्नुभयो । सबैलाई समाना बितरण गर्नुपर्छ,धेरै गुनासो आउने गरेका छन्,त्यसैले यो संकटका बेलामा आफुलाई भोट हालेका ब्यक्तिमात्र राहत प्राप्त गर्ने ब्यक्ति हो भन्ने सोच र दृष्टीकोण कुनैपनि हालमा स्वीकार्य नहुने बताउनुभयो । उहाँले राहत बितरण र दुईछाक खान नपाउने ब्यक्तिको पहिचानका लागि सर्बदलिय राजनीतिक संयन्त्र नै सबैभन्दा राम्रो उपाय भएको बताउनुभयो । अव राजनीतिक संयन्त्रबाट अनुगमनलाई प्रभाबकारि बनाउनुपर्ने समेत उहाँले बताउनुभयो । कार्यक्रममा नागरिक समाजकी हुमा डि.सी.ले महत्वपूर्ण ४ वटा सवाललाई सुधार गर्नुपर्ने सुझाब दिनुभयो । भोटहालेका ब्यक्तिको पहिचान गर्ने र बिपन्न समूदायको भन्दै राहत बितरण गर्ने कार्य रोक्नुपर्ने,सीमा र राजमार्गमा अलपत्र परेका ब्यक्तिलाई गन्तब्य सम्म पु¥याउने र उचीत ब्यबस्थापनमा राखि उपचार गराउने, लगडाउन भएदेखि महिला, बालबालिका,जेष्ठ नगाारिक र अपाङगता भएका ब्यक्तिहरु हिंसामा परेका खवर आईरहेकाले घटनाको यर्थातता बुझि कारर्बाही अगाढी बढाउनुपर्ने बताउनुभयो ।

संबाद समूहले कोभिड १९ र स्वास्थ्य सेवामा संबाद,कोभिड १९ र स्थानीय तहको भूमिकामा संबाद कार्यक्रम यसअघि पनि भीडियो कन्फ्रेसन्स मार्फत सञ्चालन गरेको छ ।