Goraksha

National Daily

लकडाउनको प्रभाव : रिचार्ज कार्डको विक्रि आधा घट्यो

लिलाधर वली

दाङ,२९ चैत । घोराहीको पद्मोदय पव्लिक माध्यामिक विद्यालयमा अध्ययनरत सन्तोष शर्मा अहिले घरमा छन् । प्यूठान जिल्ला निवासी उनी १६ दिनदेखि घर परिवारसँगै बसिरहेका छन् ।

घरमा हुँदा कलेजका साथीहरुसँग कुरा गर्न पाएका छैनन् । दाङमा रहँदा डाटावाट प्राय नेट चलाउने उनी अहिले भने प्राय चालाउदैनन् । नेट चलाउनलाई रिजार्च गर्न पर्ने भए पनि गाउँमा रिचार्ड कार्ड नपाउँदा नेट चलाउन समस्या परेको उनी बताउँछन् । केही दिन एनसेलले दिएको दुई सय लोनबाट सामाजिक सञ्जाल फेसकुक चलाएका उनले पछिल्लो समय फेसबुकमा देखिदैनन् ।‘गाउँका पसलमा रिचार्ज कार्ड सकिएको छ, यता इ–सेवाको सुविधा छैन’, उनले भने,-‘त्यसैले सामाजिक सञ्जालदेखि टाढा भएको छु ।’ रिजार्च कार्ड नपाउँदा टाढाका साथी तथा आफन्तसँग समेत कुरा हुन नसकेको उनले बताए ।

लकडाउन भन्दा पहिले दैनिक २५ लाखदेखि ३० लाखसम्मको कारोवार गर्दै आएका उनी अहिले बढिमा १५ लाखसम्म मात्रको कारोवारमा झरेको बताउँछन् ।

घोराहीकी आशा बुढामगरले पनि रिचार्ज नगरेको धेरै दिन भयो । उनले रिजार्च नपाएर मोवाइलमा रिचार्ज नगरेकी भने होइन । रिचार्ज पाउँछिन् । नभएर इ–सेवा सुविधा लिन सक्छिन् । तर उनलाई अहिले मोवाइलमा रिजार्च नगर्ने बनाएको छ घरमै भएको वाईफाईले । लकडाउनका कारण घरभित्रै रहेकी उनले वाईफाईबाट नेटचलाएर साथीभा तथा आफन्तहरुसँग कुरा गर्ने गरेकी छिन् । जसका कारण उनलाई मोवाइल रिचार्ज गर्नु परेको छैन । ‘पहिले काममा बाहिर हिड्नुपर्दथ्यो, त्यो बेलामा साथीसँगै घरमा कुरा गर्नुपर्दथ्यो,रिजार्च गरिन्थ्यो’,उनले भनिन्,-‘अहिले घरमै हुन्छु, घरमा फोन गर्नुपर्दैन । साथीहरुसँग मेसेन्रजर, इमोमा कुरा गर्ने गरेकी छु ।’ घरमै वाईफाई हुँदा रिचार्ज खोज्नु परेको छैन ।’

यी त प्रतिनिधी पात्र मात्र हुन । उनीहरु जस्तै अहिले धेरैले मोवाइलामा कार्ड किनेर रिचार्ज गर्दैनन् । रिजार्च नगर्नुका अहिले दुई कारण छन् । गाउँमा प्रायः अहिले रिचार्ज कार्ड पाइदैन भने सहरमा अधिकांसका घरमा वाईफाई जोडिएको छ । जसका कारण अहिले रिचार्ज प्रयोग गर्नेको संख्या ह्वात्तै घटेको साविक मध्यपश्चिम क्षेत्रमा रिचार्ज विक्रि गर्दै आएको घोराहीको नमस्ते डिष्ट्रिव्यूट प्रालिका प्रवन्धक शिवशंकरण देवकोटाले बताए ।

लकडाउन भन्दा पहिले दैनिक २५ लाखदेखि ३० लाखसम्मको कारोवार गर्दै आएका उनी अहिले बढिमा १५ लाखसम्म मात्रको कारोवारमा झरेको बताउँछन् । ‘अहिले निकै असहज अवस्था आएको छ, कोरोनाका कारणा घरको ढोका खोल्न पनि हिचकिचाउनुपर्ने छ’,उनले भने,-‘जसका कारण पसलहरु पूर्ण रुपमा बन्द छन, व्यापार हुने त कुै भएन ।’ दाङसँगै राप्तीका जिल्लाहरुमा राम्रो रिचार्ज जाने गरेपनि लकडाउनका कारण बिक्रिमा मन्दी आएको भएको उनले बताए । जिल्लामा कतै रिचार्ज कार्डको माग भए प्रशासनको सिफारिसका आधारमा पठाइने गरेको उनले बताए । तर पु¥याउने मान्छे नै नहुँदा माग भएको ठाँउसम्म पठाउन पनि समस्या भइरहेको उनले सुनाए ।

लकडाउनका कारण रिचार्ज कार्ड बेच्नै नपाएको घोराही उपमहानगरपालिका–१५ स्थित नेपाल पत्रकार महासंघको भवनमा व्यवसाय गर्दै आएका सृष्टि किराना पसलका सञ्चालक प्रदिप पाण्डेयले बताए । लडडाउनका कारण प्रशासनसँगै उद्योग बाणिज्य संघले बजार बन्द गराएपछि रिचार्जसँगै खाद्यान्न पसल नै बन्द रहेको उनी बताउँछन् । तर कसैले फोन गरेर पैसा मोवाइलमा राख्न पठाए इ–सेवाका माध्यममाबाट भने राख्दिने गरेको उनी बताउँछन् ।